कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पढ्न जाऊँ


धनीहरूका छोराछोरी स्कुल पढ्न जान्छन्

पढ्न जाऊँ


गरिबका छोराछोरी हलो जोती खान्छन्

जानुपर्छ साथी हो स्कुल पढ्नलाई
शिक्षित बनी देश विकास गर्नलाई

दु:खीलाई सहयोग गर्ने कर्तव्य हो हाम्रो
नेपालीले नेपाललाई बनाऊँ न राम्रो

आऊ साथी सहभागी हुनलाई
टोल समाज सरसफाई गर्नलाई ।

सुरज केसी, कक्षा–४
प्रगति प्राथमिक विद्यालय, ललितपुर



पुस्तक

दिन्छु ज्ञान तिमीलाई नयाँ पुराना
मैले सिकाएको सभ्यता तिमी मान ।
सुधार्छु सबलाई एकएक गरी
सबजनाका हातहातमा म परी ।।

विश्वमा नै चर्चित म कस्तो
उद्यमी बनाउँछु सबलाई यस्तो ।
अन्धविश्वास ल्याउने र हटाउने दुवै
काम गर्छु अनौठो म खुबै ।।

कहिले आँसु कहिले हाँसो म ल्याउँछु
सबका मनमा सदा स्थान म पाउँछु ।
सभ्य र शिक्षितले सधैं माया गर्छ
अज्ञानी र बुद्धुले मलाई हेला गर्छ ।।

खोलेर हेर्नु मेरो वदन एकपटक
सिकाउनेछु तिमीलाई अनौठो चटक ।
बालकदेखि वृद्धसम्म चर्चा मेरो चल्छ ।
सबको मगजमा नयाँ बत्ती बल्छ ।।

हेला नगर्नु कहिल्यै मलाई
पछुताउनु पर्ला आगोमा जलाई ।
जथाभावी नफाल्नु मलाई दुरुपयोग नगर्नू
काम दिन्छु म तिमीलाई सधैंभरि जान्नू ।।

सुल्तान सिद्दिकी, कक्षा–९
जनजागृति माध्यमिक विद्यालय, बाग्लुङ

प्रकाशित : चैत्र ६, २०७३ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?