कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हन्ट्स म्यान

खेल खेलौं

यो खेल खेल्दा एकपटकमा ४ देखि ८ वटा टिम सहभागी हुन सक्छन् । प्रत्येक टिममा ५ जना खेलाडी हुनुपर्छ । सहभागी खेलाडीको उमेर १२ वर्षभन्दा माथि हुनु राम्रो मानिन्छ । यो खेलका लागि ५ खण्डमा विभाजित १ सय मिटर लामो मैदान आवश्यक हुन्छ ।

हन्ट्स म्यान

हरेक खण्डमा एउटा हातले टिप्न सकिने कुनै वस्तु राख्नुपर्छ । यो खेललाई पनि चरणबद्ध रुपमा पूरा गर्न सकिन्छ । हरेक चरणका विजेताहरूको चरणबद्ध रूपमा छनोट गरी अन्तमा फाइनल खेलमार्फत विजेता छनोट गर्न सकिन्छ । यो खेलका लागि निर्धारित दूरी भएको मैदान, कुनै एउटा हातले टिप्न सकिने वस्तु, १ जना रेफ्री र एउटा सिटी आवश्यक हुन्छ ।

खेल्ने तरिका 
यो खेलमा सहभागी खेलाडीहरूमध्येबाट १ जना टिम लिडर चुनिनुपर्छ । हरेक टिम लिडरका पछाडि अन्य खेलाडीहरू पंक्तिबद्ध भई (चित्रमा देखाएजस्तै) उभिनुपर्छ । त्यसपछि रेफ्रीले सिटी फुकेर खेल सुरु भएको संकेत दिएपछि सबैभन्दा पहिले टिम लिडरले मैदानमा प्रवेश गरेर मैदानमा रहेको हातले टिप्न सकिने वस्तु टिपेर ल्याउनुपर्छ । यसरी ल्याएको वस्तुलाई टिममा रहेका अरु खेलाडीहरूले पुन: ५ भागमा विभाजित मैदानको कुनै अर्को भागमा लगेर राखिदिनु पर्छ । जसलाई अर्को टिमका खेलाडीले खोज्न सक्नुपर्छ । यो क्रम टिम लिडरका पछाडि रहेका सबै खेलाडीले पूरा गरेपछि खेल समाप्त हुन्छ । जुन टिमले सबैभन्दा कम समयमा यो प्रक्रिया पूरा गर्न सक्छ त्यही टिम विजेता हुन्छ ।

 

 

प्रकाशित : भाद्र २५, २०७४ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?