कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गज्जब जागिर !

सुजित महत

उत्तम कृषि, मध्यम व्यापार भनेर जागिरलाई खासै महफ्व नदिने नेपाली समाज बिस्तारै जागिरतिर तानिँदै गएको छ । केही सरकारी र केही गैरसरकारी जागिरमा बढेको तलब, सुविधा र प्रतिष्ठाले जागिरको इज्जत बढेको छ ।

नेपाली सेनाका प्रवक्ता बि्रगेडियर जनरल रमिन्द्र क्षेत्रीका चारमध्ये तीन दाजुभाइले सेनामा जागिर खाए । उनका बुवा, बाजे, जिजुबाजे लगायत थाहा भएसम्मका पुस्ता सैनिक थिए । नेपाल एकीकरण अभियानभन्दा अघिदेखि आपmना पुर्खा गोर्खाली सैनिक रहेको उनी बताउँछन् । तर यही पुस्तादेखि उनको परिवारमा जागिरको क्रमभङ्गता सुरु भएको छ । चार दाजुभाइका आठ सन्तान सेनामा जान चाहेनन् । 'हाम्रो पालासम्म पो विकल्प सीमित थियो,' क्ष्ाेत्री भन्छन्, 'अहिले त बाहिर मात्र होइन मुलुकभित्रै बिटाका बिटा तलब पाइने अवसर छन् ।'
क्षेत्रीले भनेझंै नेपालमा महिनामै छ अंकमा तलब बुझ्ने जागिर धेरै भइसकेका छन् । यिनमा सबभन्दा अगाडि विदेशी नियोग र बहुराष्ट्रिय कम्पनीका जागिर छन् । यूएनडीपीमा अधिकृतस्तरको स्थायी जागिरेले तलब र भत्ता गरी वर्षमा करिब ३० लाख रुपैयाँ बुझ्छन् । यहाँ सहायकस्तरको कर्मचारीकै हातमा वाषिर्क १२ लाख रुपैयाँ पर्छ । विश्व बैंकको काठमाडौं कार्यालयमा अर्थशास्त्री पदमा कार्यरतले महिनामा ३ देखि ४ लाख रुपैयाँ तलब बुझ्छन् । यी अर्थशास्त्री उपत्यकाबाहिर गए दिनको २० हजार रुपैयाँ भत्ताको हकदार बनिहाल्छन् । परामर्शदाताको दैनिक पारिश्रमिक ५ हजार ५ सय छ । भ्रमण भत्ता दिनको ७-८ हजार हुन्छ ।
अर्को दातृ निकाय एसियाली विकास बैंकको काठमाडौंस्थित कार्यालयको जागिर पनि कम आकर्षक छैन । विश्व वन्यजन्तु कोष -डब्लुडब्लुएफ) मा अफिसरले वर्षमा १० लाख रुपैयाँको हाराहारीमा बुझ्छन् । इसिमोडको तलब सुविधामा अरू अधिकांश अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका जागिरेले पनि इष्र्या गर्छन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जागिरमा आकर्षक तलब भत्ता, छोराछोरीलाई पढाउने खर्च, औषधि उपचार खर्चका साथै जीवन बिमा, दुर्घटना बिमा लगायतका सुविधा हुन्छन् । 'सामान्यतया तलब र भत्ता जोड्दा हुने रकमको ४० प्रतिशतजति अन्य सुविधाबापत थप पाइन्छ,' यूएनडीपीमा कार्यरत एक कर्मचारी भन्छन् ।
छिटोछिटो हुने राजनीतिक परिवर्तन र निकै धीमा गतिमा वृद्धि भइरहेको अर्थतन्त्रका कारण उत्पादन र उद्योग गरेर ठूलो नाफा कमाउनेभन्दा जागिरमा सुरक्षित हुन चाहनेको संख्या बढ्दो छ । परम्परागत रूपमा गरिँदै आएको कृषिजस्ता कामबाट पनि युवाहरू विमुख भएका कारण जागिरमा युवाको चाप बढ्न थालेको छ ।
पञ्चायतको पुछारतिर विदेशी लगानी भित्र्याइएपछि वित्तीय क्षेत्र 'हरियो घाँसको मैदान' बन्यो । विदेशी र स्थानीय साझेदारीमा खुलेका बैंकमा सुट टाईमा ठाँटिएर वातानुकूलित अफिसमा काम गर्ने अवसर मात्र होइन, तलब, भत्ता र बोनसको रूपमा आकर्षक रकममा हात पर्न थाल्यो । सामान्तया दसैंको मुखमा बोनस हात पर्ने भएकाले बैंकका जागिरेले चाड पनि खुलेर मनाउन पाए । मध्यमवर्गीय परिवारका लागि बैंकर उपयुक्त ज्वाइँ बन्न पुगे । च्याउ उमि्रएसरी बैंक/वित्तीय संस्था खुल्न थालेपछि सबैले तल्लो पदसम्म आकर्षक सुविधालाई निरन्तरता दिन त सकेनन् तैपनि नाम चलेका बैंकमा अहिले पनि कर्मचारी निराश हुनुपर्ने अवस्था छैन ।
नबिल बैंकमा भर्खर प्रवेश गरेको जुनियर असिस्टेन्टले वर्षमा करिब ४ लाख रुपैयाँ -बोनस र सुविधासमेत) बुझ्छन् । अलि पुरानो भएपछि यही पदको कर्मचारीको गोजीमा वर्षमा ५ लाख रुपैयाँको हाराहारीमा रकम पर्छ । एक तह माथिको असिस्टेन्ट करिब ७ लाख रुपैयाँको हकदार हुन पुग्छ । जागिर स्थायी हुनासाथ नबिलले करिब ५ प्रतिशत ब्याजमा गाडी कर्जा उपलब्ध गराउँछ । पाँच वर्ष जागिर पुगेपछि कार किन्न कर्जा दिन्छ । त्यससँगै एक सय महिनाको तलब बराबरको रकम आवास कर्जाका रूपमा पाइन्छ ।
'हाम्रो बैंकमा पाँच वर्ष जागिर खाएपछि जुनसुकै कर्मचारी निजी सवारी र घरको मालिक बन्न सक्छ,' नबिलका एक उच्च अधिकारी भन्छन् । सामाजिक सुरक्षाका लागि बैंकले सञ्चयकोषको व्यवस्था गरेको छ । अवकश लिएपछि सरकारी जागिरजस्तो आजीवन पेन्सन सुविधा नभए पनि उपदानबापत एकमुष्ठ रकम पाइन्छ । जागिर अवधिमा वर्षको साढे २ महिनाको आधारभूत तलब भत्ताको हिसाबले उपदान सुविधा छ । जस्तो २० वर्ष जागिर खाएको भए ५० महिनाको तलब बराबरको रकम एकमुष्ठ हात पर्छ । यसैले त बैंकले प्लस टु न्यूनतम योग्यता तोकेको जुनियर असिस्टेन्ट पदमा आवेदन गर्ने अधिकांश ब्याचलर पास हुन्छन् । मास्टर्स गरेका समेत जुनियर असिस्टेन्टमा ट्राई गर्न पुग्छन् । प्रख्यात अन्तर्राष्ट्रिय बैंकको लगानी भए पनि स्ट्यान्डर्ड चार्टड बैंकमा तल्लो तहमा तलब सुविधा नबिलभन्दा कम छ । चाँडै बोनस घोषणा भएपछि बैंकका अफिसरको वाषिर्क आम्दानी ७ लाख रुपैयाँ पुग्ने अनुमान छ ।
पछि खुलेका बैंकको नाफा स्थापित बैंकको जस्तो नभएकाले होला तलब सुविधामा कन्जुस्याइँ गरेको देखिन्छ । जस्तो सनराइज बैंकले अफिसरलाई तलब/भत्तामा वर्षमा २ लाख ५० हजार रुपैयाँ मात्र खर्च गरेको छ । तर यसमा बोनस र बिमा रकम जोड्दा उक्त बैंकको जागिरलाई पनि छ्या भन्न सकिन्न ।
गैरसरकारी संस्था र बैंकपछि एकछिन विचरण गरौं टेलिकम कम्पनीहरूतर्फ । यसबीचमा मोबाइल, इन्टरनेटमा जनताको पहुँच विस्तारसँगै टेलिकम कम्पनीहरूको मुनाफा बढेको छ । यसको फाइदा कम्पनीमा जागिर खानेले पनि पाएका छन् । नेपाल टेलिकमको सेवाको गुणस्तर जतिसुकै कमसल भए पनि यसका कर्मचारीले पाउने तलब सुविधा असल छ । टेलिकमले तलब, मासिक भत्ता, मेडिकल भत्ता, पोसाक भत्ता, खाजा, वाषिर्क भत्ता शीर्षकमा रकम उपलब्ध गराउँछ । तिनले निर्धारित सीमाभित्र मोबाइल र ल्यान्डलाइन सेवा सित्तैमा पाउँछन् ।
नेपाल टेलिकमको पुछार तहको कर्मचारीले वर्षमा तलब र भत्तामा २ लाख ८० हजार रुपैयाँ बुझ्छन् । तिनले १४ हजार ४ सय रुपैयाँसम्मको सित्तैमा मोबाइल र २४ हजारसम्म ल्यान्डलाइनको सीमाभित्र रहे थप गोजीको पैसा खर्च हुन्न । चौथो तह -खरिदारसरह) को कर्मचारीले ३ लाख ५८ हजार रुपैयाँ हात पर्छ । मोबाइलमा ६ हजार र ल्यान्डलाइनमा ३० हजार रुपैयाँको सेवा सित्तैमा पाइन्छ । टेलिकममा अधिकृत -छैटौं) तहमा जागिर भए ४ लाख ७० हजार हात पर्छ । मोबाइल ७ हजार २ सय र ल्यान्डलाइनमा ३६ हजार रुपैयाँ बराबरको सुविधा छ ।
बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले चुरोट उत्पादक कम्पनीमा कार्यरतलाई दिएको सुविधा अझ इष्र्यालाग्दो छ । कम्पनीका अदक्ष कामदारको मासिक तलबमान त १० हजार छ । तर तिनले बोनससमेत जोड्दा गत आर्थिक वर्ष मासिक ४१ हजार रुपैयाँको औसतमा रकम बुझेका थिए । यसमा तिनले वर्षमा पाउने दुई जोर पोसाक, जुत्ता/मोजा र बिमा खर्च जोडिएको छैन । तर चुरोट बजारमा एकाधिकारका कारण उच्च मुनाफाका साथै कम कर्मचारी -करिब ३ सय) भएकाले यति धेरै रकम पाउन सम्भव भएको हो ।
डाबर नेपालमा कामदारको तलब सूर्य नेपालको आधा पनि पुग्दैन । तैपनि बहुराष्ट्रिय कम्पनीको तलब सुविधा हाम्रो सन्दर्भमा सम्मानजनक छ । कुरियर ओसार्ने डीएचएलले असिस्टेन्ट तहका लागि तलब भत्तामा -सुविधाबाहेक) वर्षमा १ लाख ८५ हजार रुपैयाँ खर्च गर्छ । कम्पनीले अफिसरका लागि तलबभत्तामा २ लाख ५० हजार खर्च गर्छ । कर्मचारीले तलब, भत्तामा पाउने रकमको ४० प्रतिशत थप रकम सुविधाबापत पाउँछन् ।
हालै राष्ट्र बैंकले उपत्यकाबाहिरका कार्यालयका लागि सहायक प्रथम तहको ४५ पदमा विज्ञापन गर्दा २९ हजारभन्दा बढी आवेदन परेको थियो । केन्द्रीय बैंकको जागिरमा यतिबिघ्न आकर्षण हुनुमा यसमा पाइने तलब सुविधा नै हो । बैंकमा सहायक प्रथमको सुरु तलब -ग्रेड नजोड्दा) महिनामा १६ हजार ६ सय ९० छ । केन्द्रीय बैंकको जागिरमा केन्द्रीय बैंक भत्ता, खाजा, पोसाक र औषधि उपचार गरी तलब बराबरको थप रकम हात पर्छ । बैंकले विदेशमा विदेशी विनिमय लगानी गरी आम्दानी भएको रकम सरकारलाई बुझाएपछि बचेको कल्याणकारी कोषमा हाल्ने गर्छ । यसबाट निश्चित रकम वर्षमा एकपटक कर्मचारीलाई वितरण हुन्छ । यसबाट बैंकका कर्मचारीले ४० हजारदेखि साढे २ लाख रुपैयाँसम्म पाउँछन् । यसबाहेक आवास निर्माण र मर्मतमा गरी १२/१२ लाख रुपैयाँ पाइन्छ । सहायक निर्देशक भनिने अधिकृत -तेस्रो) तहको सुरु तलबमान २१ हजार ५ सय ८० छ । अवकाश लिँदा १० वर्षको पेन्सनबराबरको रकम एकमुष्ठ पाउनु राष्ट्र बैंकको अर्को आकर्षण हो ।
सबैभन्दा तल्ल्ाो तहका लागि कर्मचारी सञ्चय कोषमा सबैभन्दा पुछारका कर्मचारीले १० हजार तलब र १० हजार २ सय ५० रुपैयाँ भत्ता र सबै तहका कर्मचारीले १ हजार ५ सय इन्टरनेट भत्ता पाउँछन् । विराटनगर, पोखरा, हेटौंडा र बुटवलमा कार्यरत रहँदा २ हजार ८ सय ४३ रुपैयाँ तथा धनकुटा, सुर्खेत र धनगढीमा हुदा ३ हजार रुपैयाँ थप भत्ता छ । पोसाकबापत ११ हजार २ सय ५० रुपैयाँ पाइन्छ । औषधि उपचार गर्न ७५ दिनको तलब बराबर रकम र वाषिर्क भत्ताबापत ६० दिन बराबरको रकम भत्ता पाइन्छ ।
अधिकृत तहको कर्मचारीले १८ हजार ७ सय ९० रुपैयाँ तलब १० हजार २ सय ८१ रुपैयाँ भत्ता पाउँछन् । पोसाकका लागि १३ हजार १ सय २५ र अतिथि सत्कारबापत १ सय रुपैयाँ भत्ता छ । औषधि उपचारमा ५५ दिन र वाषिर्क भत्ताबापत ६० दिनको तलब सुविधा छ । प्रबन्धक -दसौं) तहमा तलब २४ हजार ७ सय ४० र भत्ता ११ हजार २ सय ८१ छ । पोसाकमा १३ हजार ७ सय ५० ।
गत वर्ष परराष्ट्र सेवामा उच्चपदस्थ सरकारी सेवामा रहिसकेकाको देशविदेशमा पढेका छोरीहरू प्रवेश गरेपछि अखबारको हेडलाइन बन्न पुगेको थियो । त्यसो त विदेशमा पनि बस्न पाइने र बाहिर रहँदा छुट्टै भत्ता पाइने भएकाले परराष्ट्र सेवाको छुट्टै शान रहिआएको छ । अमेरिका, युरोप लगायतका मुलुकमा कार्यरत रहँदा छोराछोरीको पढाइको बन्दोबस्त मिलाउन सजिलो हुन्छ ।
संयुक्त राष्ट्र संघका लागि नेपाली नियोग -न्युयोर्क) मा सुब्बाले १ हजार ७५ डलर, अधिकृतले २ हजार ८ सय डलर भत्ता पाउँछन् । वासिङ्टनस्थित नेपाली दूतावासमा सुब्बाले १ हजार २० र अधिकृतले १ हजार ३ सय ३० डलर भत्ता पाउँछन् । पेरिसको दूतावासमा सुब्बाले ८ सय १० युरो र उपसचिवले १ हजार २ सय ९० युरो भत्ता बुझ्छन् ।
तलब सुविधा हेर्दा निजामती सेवा सबैभन्दा निम्सरो छ । शाखा अधिकृतमा तलब स्केल १८ हजार ७ सय ९० रुपैयाँ हुने निजामती सेवामा सचिवले ३३ हजार ६ सय ४० रुपैयाँमात्र हो । तर यसमा आकर्षण घटेको छैन । आकषिर्त हुने वर्ग फेरिएको छ । अंग्रेजी भाषाका राम्रा स्कुलमा पढेर विदेशमा उच्च शिक्षा पाएकाको रुचि हराएको जरुर छ । आजीवन -मृत्यु भए श्रीमतीले समेत) पेन्सन पाइने भएकाले सरकारी सेवामा सामाजिक सुरक्षाको ग्यारेन्टी छ । आपराधिक कार्यमा दोषी ठहरिए मात्र, नत्र समयअघि जागिर जाने गुन्जायस छैन, सरकारी जागिरमा । फेरि सरकार भनेकै सबैलाई नियमन गर्ने भएकाले यसको शान, सामाजिक प्रतिष्ठा छुट्टै प्रकृतिको छ ।
सहसचिवको सुरु तलब स्केल २४ हजार ७ सय ४० रुपैयाँ हो । तर सहसचिव हुनासाथ उसका लागि सुब्बा, खरिदार र कार्यालय सहयोगीसहितको छुट्टै सचिवालय हुन्छ । ड्राइभर, गाडी र इन्धनको सुविधा हुन्छ । 'तलब मात्र सबै कुरा होइन,' अर्थका सहसचिव राजन खनाल भन्छन्, 'अधिकारको प्रयोग गर्न पाइने भएकाले पनि यसको छुट्टै गरिमा छ ।' नियमनकारी निकाय भएकाले तलब थोरै भए पनि अधिकारको सदुपयोग गर्दा एउटा प्रहरी अधिकृतले पूरै जिल्ला हल्लाइदिन्छ । यसैले अवसर पाए पनि सचिव हुने सम्भावना भएका सरकारी अधिकृतले जागिर छाडेको बिरलै सुनिन्छ । मुुलुकभरिका बैंक र वित्तीय संस्थाको नियमनकारी भएकाले राष्ट्र बैंकको जागिर छँदै छाडेर निजी लगानीका बैंकमा गएको हत्पती सुनिँदैन ।
-सुरेशराज न्यौपानेको सहयोगमा)

प्रकाशित : आश्विन १३, २०६९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?