कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक वर्षमा ३९ जनाद्वारा आत्महत्या

रोल्पा — १६ देखि ४५ वर्षसम्मका मानिसहरूले समाजमा कुनै नयाँ काम गरेर उदाहरण बन्नुपर्ने हो ।

तर, अधिकांश यही उमेर समूहकाहरुखआत्महत्याको बाटो रोज्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोल्पामा पछिल्लो पटक आत्महत्या गर्नेहरूको संख्यामा वृद्धि भइरहेको छ । उमेरका हिसाबले रचनात्मक कार्य गर्ने वा परिवारको सहारा बन्न सक्नेहरूले आफै मृत्युलाई रोजेर परिवारलाई थप बोझ बनाएका छन् ।
प्रहरी तथ्यांकअनुसार गएको एक वर्षमा ३९ जनाले आत्महत्या गरेका छन् । गरिबी, पारिवारिक तनाव, घरेलु हिंसा, मानसिक असन्तुलन, दीर्घ रोग लगायतका कारणले मानिसहरूले आत्महत्या रोज्ने गरेको पाइएको छ । आत्महत्या गर्नेहरूमध्ये दोब्बरले झुन्डिएर मर्ने रोजेका छन् ।
सदरमुकाम लगायतका बजारका दुई र ग्रामीण भेगमा ३७ जनाले आत्महत्या गरे । आत्महत्या गर्नेहरूको संख्या बढेपछि प्रहरीले मृत्युका बारेमा गहिरो अध्ययन थालेको छ । आत्महत्याको प्रकार, कुन समयमा आत्महत्या बढी हुन्छ, कुन बार बढीले आत्महत्या रोज्छन्, कुन महिना र कुन उमेरमा आत्महत्या भएको बारेमा प्रहरीले अनुसन्धान गरेको छ । विवाह गरेको वा नगरेकाले किन आत्महत्या रोज्छन् भन्ने विषयमा अध्ययन गर्ने गरिएको छ । साथै कुन जातजातिमध्ये लैंगिक समूहमा आत्महत्या बढी रोजिएको छ भन्ने बारेमा पनि प्रहरी अनुसन्धान केन्दि्रत थियो ।
सबै ३९ आत्महत्याका घटनामध्ये ३४ जना विवाहित छन् भने २४ पुरुषले आत्महत्या रोजे । १ जना बालबालिकासहित १४ महिलाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्षयता आत्महत्या गर्नेहरूको संख्या दिनानुदिन वृद्धि हुनुले मानिसहरूमा नैरास्यता, गरिबी, मानसिक असन्तुलन, पारिवारिक तनाब बढेको प्रहरी अनुसन्धानमा उल्लेख गरिएको छ । प्रहरी नायव उपरीक्षक ओमबहादुर राना भन्छन्, 'मदिरा सेवन, पारिवारिक तनाव र गरिबी आत्महत्याका मुख्य कारण हुन् ।'
एक वर्षभरमा भएका घटनामध्ये जनजातिहरू आत्महत्या रोज्नेमा अघि देखिएका छन् । बुधबार सबैभन्दा बढीको आत्महत्या भएको छ भने बिहान ६ बजेदेखि १२ बजे र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म आत्महत्याका घटना बढी भएका छन् । गरिबीमा चेपिएका मानिसहरूले घरमा कोही नभएको समय बिहान वा दिउँसो नै आत्महत्या गर्ने गरेका छन् । आफन्तबाट सहयोग पाउन नसकेपछि ६० वर्ष माथिका ९ जना वृद्धवृद्धाले पनि आत्महत्या राजेका छन् । आत्महत्या रोज्नेहरूमा १४ जनजाति, क्षत्री र दलित १२/१२ छन् भने बाहुन एक जना छन् ।

प्रकाशित : पुस १७, २०६९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?