कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

युवती बलात्कृत
दैलेख -कास)- दैलेखमा एक युवती बलात्कृत भएकी छन् । बडाभैरव ४ का गणेशबहादुर थापाले सोही ठाउँकै १९ वषर्ीया युवतीलाई आइतबार बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवती बलात्कृत
दैलेख -कास)- दैलेखमा एक युवती बलात्कृत भएकी छन् । बडाभैरव ४ का गणेशबहादुर थापाले सोही ठाउँकै १९ वषर्ीया युवतीलाई आइतबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बम्बईबाट घर फकर्ंदै गरेका थापाले जंगलमा दाउरा खोजिरहेका बेला बलात्कार गरेको स्विकारे । प्रहरी निरीक्षक विनोद शर्माले पीडित युवतीले जाहेरी दिएकाले कानुनी प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

शिक्षक निष्कासित
सल्यान -कास)- कालिका माध्यमिक विद्यालय कजेरीले राहत दरबन्दीमा माध्यमिक तहका विद्यार्थीलाई पढाउँदै आएका शिक्षक महेन्द्रकुमार तिवारीलाई निष्कासित गरेको छ । दसंै बिदामा घर गएका तिवारी लामो समयसम्म नफर्केपछि विद्यालयले निष्कासन गरेको जनाएको छ । ल्ाामो समयदेखि घरमा बस्दै आएका शिक्षक तिवारीलाई र्फकन धेरै पटक फोन गरेको र सम्पर्कमा नआएपछि सात दिने सूचनासमेत जारी गरेको प्रधानाध्यापक विष्णु जैसीले बताए । 'अटेर गरेकाले व्यवस्थापन समितिको बैठक बसालेर निष्कासित गरिएको छ,' शिक्षक तिवारीले विज्ञान र गणित विषय पढाउँदै आएका थिए ।

कान्तिपुरकर्मीलाई पुरस्कार
धरान -कास)- सुनसरीस्थित दुई जना कान्तिपुरकर्मी पुरस्कृत भएका छन् । तारानिधि धनमाया स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी हर्ष सुब्बालाई पुरस्कृत गरियो । उनलाई १५ हजार एक रुपैयाँ प्रदान गरिएको छ । यस्तै, जिल्ला विकास समिति सुनसरीबाट प्रत्येक वर्ष प्रदान गरिने सृजनशील पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी प्रदीप मेन्याङ्बोलाई प्रदान गरियो । पत्रकार महासंघ सुनसरीको साधारणसभा अवसरमा मेन्याङ्बोलाई नगद १५ हजार, प्रमाणपत्र सहित पुरस्कृत
गरिएको हो ।

पार्टीको कार्यालय स्थापना
खोटाङ -कास)- एमाले छाडेर संघीय समाजवादी पार्टी स्थापना गरेका अशोक राईको गृह जिल्ला खोटाङमा पार्टीको कार्यालय स्थापना भएको छ । दिक्तेलस्थित भवन गैरामा कार्यालय स्थापना गरिएको पार्टीले जनायो ।

दाइजो नलिने प्रतिबद्धता
पर्सा -कास)- दुई वर्षयता जिल्लाका ५६४ घरधुरीका अभिभावकले छोराछोरीको बिहेमा दाइजो लेनदेन नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले सन् २०१० को जनवरीदेखि आफ्ना छोराछोरीको बिहेमा दाइजो लेनदेन नगर्ने सार्वजनिक घोषणा गरी लिखित प्रतिबद्धता जनाएका हुन् ।
प्रतिबद्धता जनाउनेहरूमा थारू, मुस्लिम तथा दलित महिला रहेका छन् । दाइजोका कारण बर्सेनि बुहारीलाई घर निकाला, कुटपिट, यातना दिने, हत्या गर्ने, बेपत्ता बनाउनेलगायतका घटना सार्वजनिक हुने गरेका छन् ।

ँबाल हठले सहमति भएन’
सिन्धुली -कास)- कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको बाल हठका कारण सहमति हुन नसकेको बताएका छन् । सिन्धुलीको जरायोटार गाविस मझुवामा २ नम्बर क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै उनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई बालकलाई जसरी सम्झाउँदै आएको र बाल हठ त्यागेकै दिन सहमतिका लागि अड्किएको हलो फुकेर मुलुकले निकास पाउने दाबी गरे ।

प्रकाशित : पुस १७, २०६९ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?