कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोडसेडिङ फन्डा !

दैनिक १२ घन्टाको लोडसेडिङको नयाँ तालिका भर्खरै सार्वजनिक भएको छ ।

प्रधानमन्त्रीबाट अवकास लिन आनाकानी गरिरहेका बाबुराम भट्टराईले कुनै बेला भनेका थिए, 'यो वर्ष दिनको १० घन्टाभन्दा बढी लोडसेडिङ हुने छैन ।' प्रधानमन्त्रीले यस्तो भाषण गर्दा उनी छिमेकी भारतको बिहारका मुख्यमन्त्री नीतिश कुमारको अतिथि बनिसकेका थिएनन् । तर जब उनी बिहार भ्रमणमा गए, त्यहाँका मुख्यमन्त्रीले त्यसको केही महिनापछि हाम्रा प्रधानमन्त्री भट्टराईलाई माथ खुवाउने गरी भाषण गर्दिए, 'हामी बिहारमा बिजुली बत्तीको समस्या समाधानमा लागिपरेका छौं । लोडसेडिङ हटाउन सकिनँ भने, म अर्को साल विधानसभा चुनावमा उठ्ने छैन । यदि म उठें भने पनि तपाईंहरु भोट नदिनुहोला ।' भन्नु पर्दैन कि पछिल्ला वर्षमा तीव्र आर्थिक वृद्धि हासिल गरे पनि बिहार लोडसेडिङको समस्याले ग्रस्त छ ।
धेरैलाई लाग्ला हाम्रा विद्वान् प्रधानमन्त्रीले छिमेकी देशका एकजना मुख्यमन्त्रीलाई गजबको सुझाव दिएर आएछन् । तर, हाम्रा प्रधानमन्त्रीको पीडा कसले बुझ्छ ? नितिश कुमारले फ्याट्ट फोन गरेर, 'तपाईं चाहिँ लोडसेडिङ नघटाए के गर्नुहुन्छ ?' भनेर सोध्दिए भने के गर्लान् हाम्रा प्रधानमन्त्री कमरेडले ?

प्रकाशित : पुस १४, २०६९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?