कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुबिना क्षेत्री , क्रिकेटर

सबैभन्दा खुसी भएको दिन ?
मेरो नेतृत्वमा भएको खेलमा नेपाललाई जिताउन पाउँदा ।

सबैभन्दा खुसी भएको दिन ?
मेरो नेतृत्वमा भएको खेलमा नेपाललाई जिताउन पाउँदा ।

तीन शब्दमा तपाईं कस्तो मान्छे ?
राम्रो खेलाडी, भद्र र अनुशासित ।

नराम्रो बानी ?
चाँडै रिसाउँछु ।

के कुराले बढी रिस उठ्छ ?
कसैले पनि आफ्नो दायित्व भुलेर अनावश्यक काम गर्‍यो भने रिसाउँछु ।

आफ्नो नाम फेर्न पाए के राख्नुहुन्थ्यो ?
मेरो आमाले राखिदिएको नाम भएकाले यसलाई चेन्ज गर्दिनँ ।

एउटा वर माग्न पाए के माग्नुहुन्थ्यो ?
मैले खेल्ने हरेक टुर्नामेन्टमा नेपभलमर्य विजयी बनाउन सकूँ ।

प्रलय आयो र तपाईं मात्र बाँच्नुभयो भने के गर्नुहुन्थ्यो ?
कोही नहुँदा एक्लै कसरी बाँच्ने । म पनि मर्थें ।

काठमाडौंको एक राम्रो र एक नराम्रो पक्ष के हुन् ?
यहाँ खोजेका सबै सुविधा उपलब्ध छन् । तर बढी भीड र प्रदूषण नराम्रा पक्ष हुन् ।

घुम्नलाई तीन ठाउँ ?
पोखरा, धरान र इलाम ।

तपाईसँग टाइम कन्ट्रोल मेसिन भए के गर्नुहुन्थ्यो ?
मेरो सबैभन्दा राम्रो समयलाई त्यही रोक्थे र त्यसलाई मज्जाले इन्जोय गर्थे ।

आर्यन सिग्देल या सलमान खान ?
अफकोर्स सलमान खान ।

प्रकाशित : पुस १४, २०६९ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?