कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाउन्ने जंगलमा ‘मायादेवी’

बौद्ध धर्म–दर्शन र विशेषत: मायादेवी –भगवान् बुद्धकी आमा) को त्याग–तपस्यापूर्ण जीवनका बारे झन्डै आधा शताब्दीयता सोधखोजमा लाग्दै आएकी जापानी अन्वेषक हुन्— हारुयो मासुदा । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र यो वरपरका बौद्ध सम्पदाहरूका बारेमा सोधीखोजीमा लाग्ने धेरै अध्येता छन् ।

दाउन्ने जंगलमा ‘मायादेवी’

तर, बुद्धलाई जन्म दिने आमा मायादेवीको आफ्नै चेतना र ज्ञानले भरिएको जीवनका बारे थोरधेर बुझ्न चाहने कोही नदेखेर ८४ वर्षीया बौद्धमार्गी अन्वेषक मासुदा यो अलग बाटोमा लागेकी हुन् । 

यस क्रममा उनी मायादेवी ध्यान अवस्थामा रहेको दाउन्ने जंगलदेखि देवदहका हरेकजस्तो मुकाममा पुगेकी छन् । मासुदाले ‘मायादेवी’ कृतिमार्फत बुझेको र बुझाउन खोजेको एउटै पाटो छ— राम्रो मान्छे बन्नु सबैभन्दा चर्को चुनौती हो, अझ आजको दुनियाँमा । उनले जीवनमा सकारात्मक विचार र सही चिन्तनको भरोसामा पर्न सक्यो भने आफू मात्रै होइन, आफ्ना सन्तति पनि सही मार्गमा हिंड्न सक्छन् भनेर धारणा बनाएकी छन् । जस्तो आमा मायादेवी र छोरा सिद्र्धाथ गौतमबीचमा देखा पर्न सक्यो । मासुदाले आफू ४ छोरीकी आमा भएको स्वअनुभवमा मातृत्व, वात्सल्य र करुणाले भरिएर कृतिमा मायादेवी बारेको स्वैरकल्पना उतारेकी छन् । भगवान् बुद्ध, बौद्ध दर्शन र आमा मायादेवीका बारेमा आफ्नै जीवन भोगाइलाई लिएर यसरी सकारात्मक भावमा पुस्तक लेखिएको घटनालाई प्राध्यापक अभि सुवेदीले ‘प्रशंसनीय सन्दर्भ’ भनेका छन् । एक महिनाअघि मात्रै नेपाली बजारमा आएको (मूल रूपमा जापानीमा लेखिएको) र अब छिट्टै नेपालीमा भाषामा आउने भएको ‘मायादेवी’ कृति प्रकाशनमा नेपाली हितैषी बनेर फोटोग्राफर जगदीश तिवारीले सक्दो सहयोग गरेका छन् ।
एक महिनाअघि ‘मायादेवी’ विमोचन समारोहमा काठमाडौं उत्रिएकी मासुदाले समारोहमा भनकी थिइन्, ‘म अक्सर भगवान् बुद्धको जन्मस्थल लुम्बिनीदेखि आमा मायादेवीको तपस्यास्थल दाउन्नेको जंगलमा भ्रमणमा गइरहेकी हुन्छु । यसले म आफूभित्र आध्यात्मिक, आत्मिक र दार्शनिक सकारात्मक सोच उब्जाउन मद्दत गरिरहेको हुन्छ । ‘यो कृतिलाई नेपालीमा समेत अनुवाद गराएर बजारमा ल्याउने लेखक मासुदाको इच्छाअनुसार तयारी भइरहेको छ । 

 

प्रकाशित : वैशाख २३, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?