काठमाडौं — तिमी आफूलाई
पहाड भन्छौ
नदी भन्छौ
मान्छे भन्छौ
सम्राट भन्छौ
तिमी आफूलाई
पहाड भन्छौ
नदी भन्छौ
मान्छे भन्छौ
सम्राट भन्छौ
उचाइ खोज्ने बहानामा
शिर काटेपछि हो
पहाडले अग्लनुको अर्थ भुलेको
नदीले मुहानसाग
दुश्मनीको बलियो सम्बन्ध राखेपछि हो
बगरमा आासु बग्न थालेको
मान्छे बन्ने बहानामा
मान्छे बिर्सेपछि हो
यात्रीले पहिचान गुमाएको
ओ सम्राट !
सम्राटहरुको देश बनाउन छाडेर
सिंगो सम्राट बन्न खोजेदेखि हो
तिम्रो सिरानीमुनि फूलले आत्महत्या गरेको
जिब्राहरु काटेर जिब्रो बन्न खोजेपछि
दृष्टि नभएर आाखा बन्न खोजेपछि
बस्तीमा अभाव र अन्याय फलेको हो
ए ! पत्थर दिलधारी !
तिमीले मुस्कान रेटेर मुस्कान लेख्यौ
जिन्दगी केरेर जिन्दगी लेख्यौ
पैताला काटेर पाइला बनायौ
सपना भुलेर सपना बुन्यौ
र त मलाई पनि यस्तो रहर भएको छ
इतिहास मेटेर इतिहास लेखिदिऊा
मुर्दाघरको झ्यालबाट
आकाश नियालिरहेको बेला
तिम्रो चेतनाको आकारभन्दा ठूलो
रहर बुनिरहेको छु ।
ए ! चिहानको यात्री
बन्द गर यो साइरन ।