कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मलाई मन पर्छ - लुनिभा तुलाधर, रंगकर्मी

काठमाडौं — ठाउँ
भारतको बडोदामा बसेर पढेको पल अत्यन्त सुन्दर लाग्छ । त्यहाँको वातावरण अझै सम्झन्छु । अनि आफ्नै देशको मन पर्ने ठाउँचाहिँ पोखरा नै हो ।

मलाई मन पर्छ - लुनिभा तुलाधर, रंगकर्मी

ठाउँ
भारतको बडोदामा बसेर पढेको पल अत्यन्त सुन्दर लाग्छ । त्यहाँको वातावरण अझै सम्झन्छु । अनि आफ्नै देशको मन पर्ने ठाउँचाहिँ पोखरा नै हो ।

परिकार
पास्ता र हाइट सस । त्यसमा धेरै चीज हालेर खानुको मज्जै बेग्लै हुन्छ । मोटी भए पनि खानामा
केको डर ?

पेयपदार्थ
पानीजस्तो मीठो पेयपदार्थ अरू के होला र ? अल्कोहलमा चाहिँ कुनै बेला भोड्का निकै खाइन्थ्यो । थाइराइडको समस्या सुरु भएपछि भने सगुनका रूपमा चाख्छु मात्रै ।

पुस्तक
सेसिलिया एहर्नको उपन्यास ‘पी एस आई लभ यु’ । यो किताब पढ्ने बेला सायद प्रेममा परेकी थिएँ । यो पुस्तकसँग मेरो रोमान्टिक भाव जोडिएको पाउँछु ।

लेखक
विश्वप्रसिद्ध रूसी नाटककार आन्तोन चेखोभ । उनको लेखनमा वास्तविकता झल्किन्छ । र, मलाई रियालिस्टिक दृश्य, कथा र भावले निकै छिटो प्रभाव पार्छ ।

गीत
‘सानो संसार’ फिल्मको गीत ‘सायद मायामा फसें कि...’ । स्वरूपराज आचार्यको स्वर रहेको यस गीतमा एक प्रकारको रोमान्टिकपन र प्रेमप्रतिको संवेदना समेटिएको पाउँछु ।

गायक/गायिका
गायकमा स्वरूपराज । गायिकामा चाहिँ सुक्मित गुरुङको स्वर मीठो लाग्छ ।

फिल्म
इरानी फिल्म ‘चिल्ड्रेन अफ हेभन’ । यो मेरा लागि कहिल्यै बिर्सन नसक्ने फिल्म बनेको छ । माजिद माजिदीको यो फिल्ममा बालमनोविज्ञानलाई सूक्ष्म ढंगले देखाइएको छ ।

अभिनेता/अभिनेत्री
जल शाहको काम प्रशंसायोग्य लाग्थ्यो । अहिले चाहिँ मेनुका प्रधानको एक्टिङ अब्बल लाग्छ । अभिनेतामा दयाहाङ राई र सौगात मल्ल बेस्ट हुन् ।

ग्याजेट
छोरोले गर्दा कार्टुन हेर्ने बानी बसेको छ । त्यसका लागि डेस्कटप नै प्रयोग गर्न सजिलो लाग्छ । यता काम गर्छु, उता छोरो कार्टुन हेर्दै रमाउँछ ।

प्रकाशित : पुस ४, २०७४ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?