कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किरातेश्वर पुरस्कार प्रदान

कान्तिपुर संवाददाता

काठमाडौं — किरातेश्वर संगीताश्रमले २५ औं वार्षिकोत्सव पारेर स्थापित र नवोदित संगीतकर्मीहरूलाई पुरस्कृत गरेको छ ।

किरातेश्वर पुरस्कार प्रदान

संगीताश्रमले वरिष्ठ तबलावादक प्रेमचन्द्र ओझैयालाई किरातेश्वर संगीताश्रम पुरस्कार प्रदान गर्‍यो । उक्त पुरस्कारमा २५ हजार रुपैयाँ दिने गरिन्छ । युवा बाँसुरीवादक उमेश पण्डितलाई १० हजार राशिको किरातेश्वर पद्मप्रिया हरिप्रिया रेग्मी युवा पुरस्कार दिइयो ।

त्यस्तै, राष्ट्रब्यापी बाल शास्त्रीय संगीत प्रतियोगिताका विजयी कलाकारहरुलाई पनि पुरस्कार वितरण गरियो । दुई साताअघि आयोजित प्रतियोगितामा शास्त्रीय गायनतर्फ शशांक सापकोटा पहिलो, अभिज्ञा घिमिरे दोस्रो र आकांक्षा घिमिरे तेस्रो भएका थिए भने रोहन कार्की सान्त्वना स्थानमा रहेका थिए । सुर वादनतर्फ भने बेला वादनमार्फत सिमरन महर्जन पहिलो, बाँसुरी वादनबाट सामीप्य डंगोल दोस्रो र उर्भी सिंह तेस्रो भएका थिए । 

बेला वादनबाटै बिफसा बज्राचार्य सान्त्वना स्थानमा परेकी थिइन् । ताल वादनतर्फ निमेश कपाली पहिलो, अञ्चल घिमिरे दोस्रो, समीप डंगोल तेस्रो भएका थिए र सौरभराज पराजुलीले सान्त्वना स्थान पाएका थिए । बाल प्रतियोगिता पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई क्रमश: ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ दिइएको थियो । 

सबै पुरस्कार पशुपति बिकास कोषका सदस्यसचिब डा. गोविन्द टण्डनले हस्तान्तरण गरेका थिए । आश्रम अध्यक्ष तबलावादक सरिता मिश्र, वरिष्ठ सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मीले शास्त्रीय संगीतको विस्तारमा किरातेश्वरको भूमिकाबारे बोलेका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७३ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?