कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेत्रका दुई बालकृति

काठमाडौं — नेपाली बाल साहित्यमा कलम चलाउँदै आएका पत्रकार नेत्र तामाङ दुई बालकथा किताबसहित आएका छन् । उनको ‘बहुलाएको रूख’ र ‘बोजराज र बाउन्ने’ कथा कृति बजारमा आएको हो । डेनिस र नेपाली बालसाहित्यकारहरूको ‘बाल आकाश’ अभियानको सहयोगमा दुवै कृति कथालयले बजारमा ल्याएको हो । दुवै किताबमा भूकम्पसम्बन्धी कथा रहेका छन् ।

नेत्रका दुई बालकृति

पर्वतका विभिन्न विद्यालयका विद्यार्थीहरूको मनोभावनामा आधारित किताब ‘बहुलाएको रूख’ सचित्र बालकथा हो । यसलाई बाल साहित्यकार कृष्णदीप सिग्देलले सम्पादन गरेका छन् भने समित श्रेष्ठको चित्र रहेको छ । ‘बोजराज र बाउन्ने’ भने ५० पृष्ठको रहेको छ । यसलाई डा. रामप्रसाद ज्ञवालीले सम्पादन गरेका छन् भने सन्दीप कँडेलको चित्र रहेको छ । यसअघि तामाङका दुई बालचित्र कथा ‘हजुरआमालाई उपहार’ र ‘कालो बिरालो’ प्रकाशित छन् ।

प्रकाशित : चैत्र ६, २०७३ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?