लन्डनको स्पिकर्स कर्नरमा ‘युरेसियाको स्पर्श’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौं — लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरियो । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

अभिब्यक्ति स्वतन्त्रताका लागि कानूनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउादा आफूलाई खुशी लागेको कुरा शर्माले बताए  । 

बेलायतका नेपालीहरुको साहित्यमा रुची देखेर प्रशन्नता ब्यक्त गर्दै आगामी दिनमा साझा प्रकाशनले बेलायती स्रष्टाहरुका कृति प्रकाशन गरिदैं जाने कुरा बताए । 

नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीको अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुइसय शिर्षकका तीनहजार थान पुस्तकको लिएर महाप्रबन्धक शर्मा बेलायत आएका हुन् ।लन्डनमा जारी पुस्तक प्रदर्शनी फलदायी रहेको बताउादैसाझा प्रकाशन बचाउन बेलायतमा रहेका नेपाली स्रष्टाहरुबाट सहयोगको अपेक्षा राखेको कुरा बताए ।

लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउादै आएका साहित्यकार बजगाईंकोसातौं कृति ‘युरेसियाको स्पर्श’साझा प्रकाशनले बजारमा ल्याएको हो । चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जेम्बर्गका सत्रवटा यात्रानुभूति उक्त पुस्तकमा रहेका छन् ।

प्रकाशित : चैत्र ६, २०७३ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्

मधेसी दलसँग सहमति नहुँदा निर्वाचन आयोग गम्भीर

प्रमुख निर्वाचन आयुक्त भन्छन्, ‘११३ दलको स्टाटस के छ हामीलाई थाहा छ’

काठमाडौं — निर्वाचन आयोगले वैशाख ३१ गते तोकिएको स्थानीय तहको चुनावका लागि मधेसकेन्द्रित दलहरुसँग सहमति नभएकोमा गम्भीर भएको जनाएको छ ।प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोगमा आइतबार साँझ गरेको पत्रकार सम्मेलनमा निर्वाचनमा सबै दलको सहभागिता हुनुपर्नेमा जोड दिए ।

निर्वाचन आयोगले वैशाख ३१ गते तोकिएको स्थानीय तहको चुनावका लागि मधेसकेन्द्रित दलहरुसँग सहमति नभएकोमा गम्भीर भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोगमा आइतबार साँझ गरेको पत्रकार सम्मेलनमा निर्वाचनमा सबै दलको सहभागिता हुनुपर्नेमा जोड दिए । ‘दुई नम्बर प्रदेशको स्थानीय तहमा जुन अवस्था छ, निर्वाचन आयोगलाई अवगत छ,’ मधेसकेन्द्रित दलको अवरोधको शब्द उच्चारण नगरी उनले भने, ‘निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्नुपर्छ, यो कुरा मैले दुई दिनअघि प्रधानमन्त्रीलाई पनि भनिसकेको छु ।’

यादवले सरकारले असन्तुष्ट दलहरुसित सहमतिको प्रयास गरेको भन्दै आफूहरु आशावादी रहेको बताए । ‘स्थानीय तहको ऐतिहासिक अभिभारा पूरा गर्न द्रुत गतिमा निर्वाचन आयोग अगाडि बढिराखेको अवस्थामा राजनीतिक दलहरुबीच अपेक्षित सहमति, सहकार्य र विश्वास अझैसम्म कायम हुन नसक्दा निर्वाचन आयोगलाई गम्भीर बनाएको छ,’ प्रमुख निर्वाचन आयुक्तले आफ्नो लिखित बक्तव्यमा पनि भनेका छन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले दुई दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमै भेटेर मधेसकेन्द्रित दललाई जसरी पनि चुनावमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए ।

चुनाव घोषणापछि भएपछि पहिलोपटक मिडिया सेन्टरमा गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको सबै तयारी अन्तिम चरणमा पुगेको जनाए । ‘आयोगले स्थानीय तह निर्वाचनको तयारीलाई तीव्र बनाएको छ,’ उनले भने, ‘केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको छ भने अब जिल्लास्तर हुँदै अब आयोग स्थानीय तहसम्म पुग्न अगाडि बढिसकेको छ । तोकिएको समयमा नै निर्वाचन गराउन आयोग दृढ संकल्पित छ ।’

राप्रपाको विधान संविधानविरुद्ध
आयोगले संविधानविरुद्ध रहेकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विधानबाट हिन्दू धर्म र संवैधानिक राजतन्त्रको शब्द हटाएको स्पष्ट पारेको छ । ‘आयोगले कुनै दलप्रति आग्रह पूर्वाग्रह राखेको छैन, ११३ वटै दलको को स्टाटस के छ आयोगलाई राम्रो थाहा छ,’ प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘आयोगले संवैधानिक र कानुनसम्मत निर्णय गरेको छ ।’

प्रकाशित : चैत्र ६, २०७३ १८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्