गनेसको तान्त्रिक उपन्यास

काठमाडौं — लेखक गनेस पौडेल उपन्याससहित आएका छन् । उनको पहिलो उपन्यास ‘पैताला’ शनिबार राजधानीमा वरिष्ठ पत्रकार किशोर नेपाल र लेखककै काका जगन्नाथ पौडेलले सार्वजनिक गरे ।

गनेसको तान्त्रिक उपन्यास


नेपालले नपढे पनि उपन्यासको विषय मन छुने रहेको दाबी गरे । कृतिमाथि साहित्यकार नयनराज पाण्डे र गुरुङ सुशान्तले टिप्पणी गरेका थिए ।

गुरुङले पौडेललाई पोखरामा भेटेदेखिको सम्बन्ध खुलाउँदै उनको व्यक्तिगत गुण र उपन्यासमा देखिएको प्रभावबारे चर्चा गरे । तान्त्रिक कुरामा विश्वास राख्ने पौडेलका उपन्यासमा समेत त्यसको गन्ध पाइने गुरुङले बताए । त्यस्तै, स्वप्निल कल्पनामा डुबेर बेग्लै कथा स्वाद दिन खोजेको उनले दाबी गरे । ‘लेखनमा चाहिँ कुमार नगरकोटीको प्रभाव बढी देखिएको छ,’ उनले भने ।

समाजमुखी कथा लेखिनुपर्छ भन्नेमा जोड दिएका गुरुको विचारमाथि नै आख्यानकार पाण्डेले टिप्पणी गरे । उनले ‘लेखक खुला आकाशमा उड्नुपर्छ, समाजसँगै बाँधिनुपर्छ भन्ने बाध्यता नहुने’ प्रष्ट पारे । उनले पौडेलको उपन्यास अरू लेखकको भन्दा फरक रहेको दाबी गरे । पौडेलले भने आफू कुमार नगरकोटीजस्तै हुनुमा कुनै आपत्ति नरहेको बताए । उनले तन्त्र, मन्त्र र यन्त्र जीवनका तीन आयाम भएको दाबी गर्दै आफ्नो उपन्यासले त्यसको यथार्थ खुलाउन चाहेको सुनाए । ‘म तन्त्रमा विश्वास गर्छु,’ उनले भने, ‘विज्ञानको अर्को विकल्प तन्त्रशास्त्र नै हो ।’ उपन्यास लेख्ने क्रममा नेपालगन्ज, जनकपुर, लोमाङथाङ लगायतका थुप्रै स्थान पुगेर खोजी गरेको पौडेलले सुनाए । कृति बुक हिल पब्लिकेसन्सले छापेको हो ।

प्रकाशित : जेष्ठ १४, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?