कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनीषा वाग्मती सफाइ अभियानकी सद्भावना दूत

काठमाडौं — अभिनेत्री मनीषा कोइराला वाग्मती सफाइ महाभियानकी सद्भावना दूत नियुक्त भएकी छन् ।

मनीषा वाग्मती सफाइ अभियानकी सद्भावना दूत

नेपाल सरकारको सहरी विकास मन्त्रालयले अभियानलाई अझ सबल तुल्याउने उद्देश्यले कोइरालालाई दूत नियुक्त गरेको हो । आउँदो शनिबार थापाथली पुलमा हुने २१५ औं साप्ताहिक शृंखलाको विशेष समारोहमा मनीषाले वाग्मती सफाइ निरन्तरताको औपचारिक सुरुआत गर्ने मन्त्रालयले जनाएको छ ।

स्वयंसेवा र वातावरण रक्षाको ऐतिहासिक कदमका रूपमा देशैभरि फैलिएको सफाइ अभियानमा मनीषाको सहभागिताले थप ऊर्जासहित सकारात्मक बल पुग्ने अभियन्ता टंक आचार्यले बताए ।

बलिउडमा लामो अन्तरालपछि ‘डियर माया’ मार्फत कमब्याक गरेकी मनीषा यति बेला फिल्मी चर्चाको शिखरमा छिन् । उनको पछिल्लो फिल्मले निकै उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । थोरै बजेटमा बनेको उक्त फिल्मले लगभग लगानीजति नै व्यापार गरेको छ । क्यान्सर जस्तो जटिल रोगलाई जितेकी ४६ वर्षीया अभिनेत्रीलाई यसले धेरै ऊर्जा दिएको छ ।

प्रकाशित : असार २, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?