विदुरमा सुनिए आरएम

नुवाकोट — कवि आरएम डंगोलले विदुरमा एकल कविता प्रस्तुति दिएका छन् । उनले समसामयिक सन्दर्भ समेटिएको दुई दर्जनभन्दा बढी नयाँ पुराना सिर्जना पस्के ।

‘घर बनाउँदै गर्दा’, ‘अन्तर’, ‘घडी समय’, ‘म माझी’, ‘जूनको कथा’, ‘फूलको कम्पन’, ‘पत्थर’, ‘प्रार्थना गीत’, ‘गुनासो’ जस्ता कवितामा उनले मुलुकको राजनीतिदेखि भुँइमान्छेका कथाव्यथासम्म समेटे । 
त्रिशूली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र साहित्य समाज नुवाकोटद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका महासचिव राजेन्द्रमान डंगोलले प्रगतिवादी साहित्य लेख्ने आरएमका सिर्जना माटो र मुटुसित जोडिने बताए ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?