कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल भाषा लिटरेचर फेस्टिभल हुने

काठमाडौं — राजधानीमा पहिलोपटक नेपालभाषा लिटरेचर फेस्टिभल हुने भएको छ । नेपालभाषा साहित्य नख:ले शनिबार पाटन संग्रहालयको केशवनारायण चोकमा फेस्टिभल गर्न लागेको हो । नेपालभाषा टाइम्स दैनिक र सन्ध्या टाइम्स सञ्चार सहकारीले फेस्टिभल गर्न लागेका हुन् ।

नेपाल भाषाको साहित्य सृजना सुस्त हुँदै गइरहेकोले यसलाई उकास्ने उद्देश्यले फेस्टिभल गर्न लागिएको आयोजक कमिटी उपाध्यक्ष सुरेश किरणले बिहीबार पत्रकार सम्मेलनमा बताए । ‘मल्लकालदेखि नै नेपाल भाषामा साहित्य रचनाको अभ्यास सुरु भए तापनि विभिन्न समयमा यसमाथि आक्रमण भएकाले असर पर्दै गएको हो,’ उनले भने, ‘फेस्टिभलमा नेपालभाषा साहित्यका विविध पक्षको बारेमा अन्तरक्रियासमेत गर्छाैं । यसले नेपाल भाषा साहित्यलाई उकास्ने आशा राखेका छौँ ।’ फेस्टिभल छ सेसनमा बाँडिनेछ । पहिलो सेसनमा मल्ल के सुन्दरको उपन्यास ‘द पोस्टर’ तथा कवि वसन्त चौधरीको नेपाल भाषामा अनूदित कविता संग्रह ‘वसन्त’ को लोकार्पण गरिनेछ । यसलगत्तै प्रा. प्रेमशान्ति तुलाधरले नेपाल भाषा साहित्यको परिचयबारे प्रवचन दिनेछिन् ।

दोस्रो सेसनमा ‘भोलिको नेपाल भाषा साहित्य’ विषयमा वरिष्ठ साहित्यकार भूषणप्रसाद श्रेष्ठ, ध्रुव मधिकर्मी, कवि सुलोचना मानन्धर र अध्येता राजन मानन्धरबीच छलफल हुनेछ । तेस्रो सेसनमा नेपाली भाषामा साहित्य सिर्जना गर्दै आइरहेका नेवा: स्रष्टाहरूसँग छलफल हुनेछ, जसमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, कवि स्नेह सायमी, जलेश्वरी श्रेष्ठ र श्रीओम श्रेष्ठ रोदन सहभागी हुनेछन् । चौथो सेसनमा जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार पूर्ण वैद्य, मथुरा सायमिदेखि नयाँ पुस्ताका दुई दर्जन साहित्यकारबाट नेपालभाषामा रचित साहित्य वाचन हुनेछ ।

फेस्टिभलको अन्त्यमा कुटुम्ब ब्यान्डका साथै लोकप्रिय गायकगायिकाबाट सांगीतिक प्रस्तुति रहने किरणले जनाए ।

प्रकाशित : भाद्र ३०, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?