कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दशैं बिदामा कुन किताब पढ्ने ?

काठमाडौं — आहा ! दसैं । आहा ! बिदा । अनि यो बिदामा कोर्सबाहेकका किताबहरू ढिट मर्ने गरी पढ्न पाइने समय । यो बिदामा के, कुन किताब पढ्ने भइराखेको छ भने निम्न १० किताब पढ्न सिफारिस
गर्दछौं :

दशैं बिदामा कुन किताब पढ्ने ?

आहा ! दसैं । आहा ! बिदा । अनि यो बिदामा कोर्सबाहेकका किताबहरू ढिट मर्ने गरी पढ्न पाइने समय । यो बिदामा के, कुन किताब पढ्ने भइराखेको छ भने निम्न १० किताब पढ्न सिफारिस गर्दछौं :

१। दिज फाइन लाइन्स
नेपाली युवा स्लाम कवयत्रीहरूद्वारा अंग्रेजीमा लेखिएका कविताहरूको संग्रह ‘दिज फाइन लाइन्स : पोइम्स अफ रिस्ट्रैन अन्ड अब्यान्डन’ पछिल्लो समयको नेपाली नारीवादका आवाजहरू सुन्न पढ्नै पर्ने किताब हो । संग्रहमा कवयत्रीहरूले आ–आफ्ना अनुभवबाट वर्तमान समयकालको नेपाली समाज र सम्बन्धलाई कसरी बुझिराखेका छन्, कसरी परिभाषित गर्दैछन् र कस्तो हुनुपर्छ भन्ने परिकल्पना गरेका छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ । इतिशा गिरीले सम्पादन गरेको यो संग्रहमा चर्चित स्लाम पोइट उज्जला महर्जन र युक्ता वज्राचार्यका कविता पनि पढ्न पाइन्छ ।

२। स्योर्ली यु आर जोकिङ, मिस्टर फेनम्यान !
यो दसैंमा कसैको अटोबायोग्राफी पढ्न मन छ भने ‘स्योर्ली यु आर जोकिङ, मिस्टर फेनम्यान १ एड्भेन्चर्स अफ अ क्युरियस क्यारक्टर’ पढ्नुस् । सन् १९६५ को नोबल प्राइज (फिजिक्स) विजेता अमेरिकी वैज्ञानिक रिचर्ड फिलिप्स फेनम्यानको जीवनी यति रसिलो र हँसिलो छ कि अरू अटोबायोग्राफी पढ्दा लाग्ने अल्छीपन यसमा हाँसेरै बित्नेछ । फेनम्यानको उपद्रोपन, उनको बौद्घिक क्षमता र ‘क्युरियस नेचर’ ले भरिएको यो किताबले पाठकलाई सुरुदेखि अन्तिम पेजसम्मै मनोरञ्जन दिनेछ । विशेष त फेनम्यानले समकालीन व्यक्तित्वहरूको अफिस ड्रयरदेखि सैन्य–गोप्यता रहेका सेफ (ड्रयर) को ताला सजिलै खोलेका क्षणमा रमाइलो लाग्नेछन् । आइन्स्टाइनजस्ता प्रख्यात वैज्ञानिकहरूसँगको रोचक भेटवार्ताका साथै उनको म्युजिक तथा पेन्टिङ यात्रामा भेट भएका सर्वसाधारण व्यक्तित्वहरूका साथै भएका अन्तरक्रियाहरू पनि अति रोचकपूर्ण छन् ।

३। इक्वाएल राइट्स
ब्रिटिस उपन्यासकार टेरी प्राचेटको डिस्कवल्र्ड सिरिजका ४१ कमिक फ्यान्टासी किताबमध्ये ‘इक्वाएल राइट्स’ धेरै रुचाइएको किताब हो । यसमा पुरुषहरूले मात्र सिक्न मिल्ने विजार्ड ज्ञान सिक्न विचज्ञानमा पोख्त भएकी सानी केटी इस्कारिया (इस्क) स्मिथको संघर्षलाई प्रस्तुत गरिएको छ । इस्कलाई विचज्ञान सिकाउने हजुरआमा ग्रयानी वेदरवाक्सको कथाले किताबलाई थप उत्कृष्ट बनाउँछ । ‘विजार्ड’ तथा ‘विच’ हरूको जादुमय दुनियाँ डिस्कवल्र्डको कथा ह्यारी पोटर मनपराउनेहरूका लागि कताकता चिनिराखेको दुनियाँमा पुगेझंै हुनेछ । कुन किताबबाट डिस्कवल्र्डको यात्रा सुरु गर्ने भन्ने चिन्ता भए अनलाइनमा ‘द डिस्कवल्र्ड रिडिङ अडर गाइड २.०’ हेर्न नभुल्नुहोला ।

४। द क्याचर इन द राय
चर्चित उपन्यासकार हारुकी मुराकामीको उत्कृष्ट पाँचमा पर्ने जेडी सालिङ्गरद्वारा लिखित चर्चित उपन्यास ‘द क्याचर इन द राय’ टिनएजरहरूले पढ्नै पर्ने किताबमा पर्छ । यसलाई एकदमै मनपराउने जमात् विश्वभर भएझैं मनै नपराउनेको पनि कमी छैन । टिनएज अवस्थाको निश्चलता, दुविधा, एलिनेसन, अस्तित्वमा उठ्ने प्रश्नका साथै व्यक्तिगत पहिचानलाई उपन्यासको प्रमुख पात्र होल्डन काउफिल्डबाट लेखकले उत्कृष्ट रूपमा प्रस्तुत गरेका छन् । यो उपन्यास पढ्दा हामीले आफूभित्र कतै न कतै होल्डन भेट्छौं ।

५। मिसेज फनिबोन्स
बलिउड नायिका ट्वीङ्कल खन्नाको चर्चित किताब ‘मिसेज फनिबोन्स’ धेरैले ‘फेमिनिस्ट’ विचारहरू भएको भन्दै रुचाएका छन् । हुन पनि आफ्ना व्यक्तिगत अनुभवलाई आधार बनाएर उनले महिला भएकैले दैनिक रूपमा भोगिने लैंगिक विभेदहरूलाई आफ्नो युनिक सेन्स अफ ह्युमरबाट सुन्दर रूपले प्रस्तुत गरेकी छन् । यो किताबमा उनले ‘केही सत्यतथ्य, थोरै कल्पना...’ बाट पात्रहरू लिएर आफ्नो जीवन र विचार पाठकसामु प्रस्तुत गरेकी छन् । यसले नायिका ट्वीङ्कललाई जान्ने थप अवसर त मिल्छ नै पढ्दासम्म धेरै रमाइलो पनि हुन्छ ।

६। द बुक थिफ
अस्ट्रेलियाली लेखक मार्कस जुसाकको उत्कृष्ट उपन्यास ‘द बुक थिफ’ पढ्न मन पराउनेहरूका लागि प्रफेक्ट उपहार हो । उपन्यासमा दोस्रो विश्वयुद्घताका जब हिटलरका अनुयायीहरूले किताब जलाउँदै थिए, त्यतिबेला १० वर्षे लिसल मेमिङ्गरले ती किताब चोर्दै पढ्ने गर्छिन् । युद्घले गरिरहेको असरबीच पढ्नका लागि लिसलले गरेको संघर्षले उनलाई पाठकबीच प्रिय पात्र बनाएको छ भने किताबलाई उत्कृष्ट ।

७। जेनोफोब्स गाइड टु द अमेरिकन्स
अमेरिकामा पढ्ने या घुम्न जाने योजना बनाउनु भएकाहरूले पढ्नैपर्ने किताबमा पर्छ– ‘जेनोफोब्स गाइड टु द अमेरिकन्स’ । अमेरिकीहरूलाई बुझ्न, कल्चरल शक हुनबाट बच्न र के गर्न हुने या नहुनेबारे जान्न अमेरिका जानुभन्दा पहिले जरुरी छ । यसले अमेरिकी सामाजिक, सांस्कृतिक, राजनीतिक विचार तथा व्यवहारबारे जानकारी दिन्छ तर यति धेरै मिठास र ठट्टाका साथ प्रस्तुत गर्छ कि थप पढ्न मन लागिरहन्छ । ‘जेनोफोब्स गाइड...’ सिरिज अरू ट्राभल बुक जस्तो होइन । त्यसका लागि लोनली प्लानेट सिरिज छँदैछ । तर, जुनै पनि देशमा जानुअघि (कहिल्लै नजाने भए पनि) ‘जेनोफोब्स गाइड...’ पढ्न सुझाव छ । अरू केही नभए पनि रमाइलोका लागि ।

८। मी बिफोर यु
दसंै बिदामा रोमान्टिक उपन्यास नपढ्दा केही छुटेझैं लाग्छ भने जोजो मोयसको ‘मी बिफोर यु’ पढ्नुस् । यो उपन्यासमा रोमान्टिक कथामा पाइने सबै चीज छ : प्रेम, रोमान्स, हाँसो–आँसु, मिलन–बिछोड । सबै अरू कथामा जस्तै भए पनि ‘मी बिफोर यु’ को लुइसा र बिलबीच अस्वाभाविक वातावरणमा सुरु भएको प्रेमकथाले अलि बढी नै मन जित्नेछ ।

९। शिरीषको फुल
पारिजातको रचना हो शिरीषको फूल, जसलाई नेपाली साहित्यको इतिहासमा कोसेढुंगा मानिन्छ । ५२ वर्षअघि पहिलोपल्ट प्रकाशित यसले मदन पुरस्कार जितेको थियो । त्यसबेलाको पुरुषप्रधान नेपाली समाजमा सुकन्याको विद्रोही रूपलाई पारिजातले कलात्मक रूपमा यसमा उतारेकी छिन् । ‘द ब्लु मिमोसा’ का रूपमा निकालिएको अंग्रेजी संस्करण अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको कोर्समा पनि छ । नेपाली साहित्य फलो गर्दा पढ्नैपर्ने कृति हो यो ।

१०। घुम्ने मेचमाथि अन्धो मान्छे
साहित्यिक रचना कति शक्तिशाली हुन्छ भन्ने हेर्ने हो भने भूपी शेरचनका कविता संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छ’ नपढी सुख छैन । यङ जेनेरेसनलाई भूपी र उनका रचना पुरानो लाग्न सक्ला तर उनका सिर्जनाहरू अहिले पनि जीवन्त छन्, कालजायी छन् । आधुनिक नेपाली काव्य जगत्का सर्वाधिक लोकप्रिय कवि हुन् उनी । उनका बुलन्द कविताहरू यसमा छन् ।
चियाको किट्लीबाट एउटा सूर्य उदाउँछ
सधैं रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ

प्रकाशित : आश्विन ७, २०७४ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?