कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा नेपालभाषा साहित्य सम्मेलन

कान्तिपुर संवाददाता

भक्तपुर — नेपालभाषा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा साहित्य सम्मेलनको आयोजना गरिएको छ । नेपालभाषा साहित्य त:मुंज्या र विराट नेपालभाषा सम्मेलन गुठीले छुट्टाछुट्टै रूपमा गरेका सम्मेलनमा स्रष्टा सम्मान र रचना वाचन भएको छ ।

त:मुंज्याले प्रत्येक वर्ष आश्विन शुक्ल द्वितीयादेखि दुईदिने साहित्यिक सम्मेलन गर्दै आएको छ । यस पालिको ३७ औं सम्मेलनमा नेपालभाषाका साथै मैथिली, भोजपुरी, तामाङलगायत भाषाका कविता, गीत, गजल, प्रहसन, व्यंग्यात्मक प्रस्तुति गरिए । साहित्यकार कृष्णप्रसाद भण्डारी र संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग:लाई सम्मान गरियो । साहित्यकार एवं नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें, सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापती, सांसद अनुराधा थापा मगर, पत्रकार भैरव रिसाल, लक्ष्मण राजवंशी, रमापतिलाल शर्मा, बुद्धिकुमार गोसार्इं, रजनी जोशी, सरोज धिताल, मातृका पोखरेल, इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, सुजन मांक, सुलोचना मानन्धर, सर्वज्ञभक्त मल्ल, प्रतिसरा सायमी, कृष्णलाल प्रधान, कोमलवदन मल्ल, धर्मभक्त बल्लले समाजका विकृति–विसंगतिलाई आफ्ना रचनामा उठाए ।

त्यस्तै, विराट नेपालभाषा साहित्य सम्मेलन गुठीको ५६ औं सम्मेलनको उद्घाटन गर्दै वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले ऐतिहासिक नगर भक्तपुरमा ऐतिहासिक सम्मेलन अटुट रूपमा सञ्चालन हुनुले कलासंस्कृति र भाषासाहित्यको विकासमा योगदान पुगेको बताए । गुठीले साहित्यकार एवं समालोचक प्रा. नर्मदेश्वर प्रधानलाई सम्मान गर्‍यो । ‘घरघरमा आफ्नो मातृभाषा बोलौं र बालबालिकालाई मातृभाषा सिकाऔं’ भन्ने नारा साथ सुरु भएको सम्मेलनमा प्रतिसरा सायम, सुजिता मा:जु, न्हुछेभक्त कवाँ, रेखा शाक्य, तिलकप्रकाश कायस्थ, शशिकला मानन्धर, नारद बज्राचार्य, रेणु श्रेष्ठ, त्रिरत्न शाक्य, शकुन्तला महर्जन, राजा शाक्य, शरण ज्यापु, शाक्य सुरेन, राजभाइ जक:मि, शरद कसा:, नवीन प्रकाश श्रेष्ठ, ध्रुव मधिकर्मी, सुधीर ख्वविले रचनापाठ गरे ।

प्रकाशित : आश्विन १८, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?