कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तरकुमारको ‘ज्ञान–अमृत’

कान्तिपुर संवाददाता

काठमाडौं — पूर्वी नेपालमा शिक्षा र ज्ञान–विज्ञानका क्षेत्रमा सक्रिय ८० वर्षीय उत्तरकुमार श्रेष्ठले पूर्वीय धर्म, दर्शन एवं जीवन रहस्यमाथि लेखेको ‘ज्ञान अमृत’ कृति प्रकाशनमा आएको छ ।

उत्तरकुमारको ‘ज्ञान–अमृत’

जीवनजगता बारेमा विभिन्न विषयविद् र विज्ञले लेखेका रचनाहरूको संकलनसहित आफ्नै वैचारिक दृष्टिकोण राखेर निकालिएको सात सय पृष्ठको पुस्तकमा श्रेष्ठका अनुदित रचनासमेत समेटिएका छन् । जीवन र जगत्मा उपयोगी हुने सूक्ति तथा सतवचारलाई साभार गर्दै तयार पारिएको कृतिअघि श्रेष्ठले ‘गीता कर्तव्य नैतिकता’ पुस्तक प्रकाशित गरिसकेका छन् । 

चार दशकअघि झापा, दमकमा सिद्धार्थ बोर्डिङ स्कुल स्थापना गरेर शैक्षिक गुणवक्ताका पक्षमा प्रभावकारी नाम बनाएका उत्तरकुमारको पछिल्लो कृतिमा ‘नैतिकता, दर्शन, चिन्तन र तथ्य’ समावेश भएको मूल्यांकन समीक्षकले गरेका छन् । समालोचक डा.तुलसी भट्टराईले ‘ज्ञान–अमृत’ कृतिलाई नेपाली वाङ्मयको गहकिलो उपलब्धि भनेर टिप्पणी गरेका छन् ।

प्रकाशित : आश्विन २२, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?