कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढीमा सुनिए विवश

धनगढी — साहित्यमा सुदूरपश्चिमको जीवन बोकेर हिाडेका डोट्याली कवि हेमन्त विवशको शनिबार धनगढीमा एकल रचना वाचन आयोजना गरिएको छ । उनले छन्द र गद्यका दुई दर्जन कविता सुनाएर साहित्य प्रेमीको मन जिते ।

धनगढीमा सुनिए विवश

भगवानको खोजी शिर्षक कविताबाट वाचन थालेका कविले आफ्ना रचनामा भुइा मान्छेका दु:खका कथा पस्किए । बेलाबेलामा उनले छन्द र डेउडा गीत पनि गाए ।

रचना वाचन समूहको प्रस्तुतिमा रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई रैका ट्राभल्स, रुबस होटल लगायत संस्थाले सहयोग गर्दैछन् ।

सय रुपैयाँको टिकट काटेर कविता सुन्न आएकाहरु सन्तुष्ट बने । कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका केही गीत गाएको थियो ।

कार्यक्रमको सुरुमै महाकाव्यकार मनिराज जोशीले कवि विवश र गायकको समूहलाई फूलमाला लगाएर स्वागत गरेका थिए । विवशको यो दोस्रो एकल वाचन हो । यसअघि अलिमियाँ लोक वाङमय प्रतिष्ठानको आयोजनामा असोज ५ गते पोखरामा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कविहरु पदमराज जोशी, टोपेन्द्र शाह रसिक, अभि अजनवी र जनक रसिकले कवि विवशको कवितामाथि प्रकाश पारेका थिए ।

कवितामा मानवीय पीडाका गहिराईभित्र आस्था अड्याउने ठाउा खोज्दै हिाडेका विवशका सृजनामा आञ्चलिक स्वाद पाइन्छ । विवश साँस्कृतिक अध्येता पनि हुन् । उनले सुदूरपश्चिमेली संस्कृतिको विषयमा विभिन्न पत्रपत्रिकामा आलेखहरु पनि लेख्दै आएका छन् ।

उनका ‘विवशका स्रमाई, असौजको जून र यादै जनमभरि’ गरी तीन वटा गीति एल्बम, आफ्नै मनसाग र सैपालको आागन कवितासाग्रह तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् । रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए ।

प्रकाशित : मंसिर २, २०७४ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?