कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फिर्के’ को नयाँ गीत

काठमाडौं — सुलेमान शंकर ‘ईकु’ को प्रस्तुति रहेको फिल्म ‘फिर्के’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘चट्टै...’ बोलको उक्त गीतमा सुलेमान आफैं नवनायिका कृष्टिना पौडेलसँग नाचेका छन् । रामचन्द्र काफ्ले र अञ्जु पन्तको युगल गायन रहेको गीतलाई सुवास भुसालले संगीत दिएका हुन् भने लेखु सहयात्रीले रचना गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

‘फिर्के’ को नयाँ गीत

पुस १४ गते रिलिज हुने क्रममा रहेको ‘फिर्के’ मा सुलेमान र कृष्टिनासहित अर्पण थापा, ऋचा शर्मा, विष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापालगायत कलाकारको अभिनय रहेको छ ।

रवि डंगोलको निर्देशन रहेको फिल्मलाई ओमलाल गुरुङ र राजेश श्रेष्ठले संयुक्त रूपमा निर्माण गरेका हुन् । अभिमन्यू निरबीको पटकथा लेखन रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन, मित्र गुरुङको सम्पादन तथा रामकुमार केसीको छायांकन रहेको छ ।

 

प्रकाशित : मंसिर ३, २०७४ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?