कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुरूङ कवितामा गायिका पहिलो

लमजुङ — गुरुङ गायिका कुसुम गुरुङ बेंसीसहरमा आयोजित गुरुङ भाषाको कविता प्रतियोगितामा पहिलो भएकी छन् । 

गुरूङ कवितामा गायिका पहिलो

गुरुङ फिल्म प्ह्रेंस्यो (दुलही) मा समावेश गरिएको र गुरुङ समुदायमा सर्वाधिक रुचाइएको ‘माया पिरती थेंनो शिरमाथि’ बोलको गीत गाएर श्रोता मनमा बसेकी कुसुमले कविता प्रतियोगितामा पहिलो स्थान पाएकी हुन् । बेंसीसहर नगरपालिका ७, मनाङे चौताराकी उनले मनाङेचौतारा तमु आमा समूहका तर्फबाट प्रतियोगितामा भाग लिएकी थिइन् ।


प्रतियोगितामा तमु प्ये ल्हु संघ लमजुङको युवा संघका अध्यक्ष शेषबहादुर गुरुङ दोस्रो भए । प्रगति टोलका जनकबहादुर गुरुङ तेस्रो भए । आयोजक तमु प्ये ल्हु संघका जिल्ला अध्यक्ष मिलबहादुर गुरुङले पुस १५ गते आयोजना गरिने औपचारिक कार्यक्रममा उनीहरूलाई पुरस्कार वितरण गरिने बताए ।


यस्तै, बिहीबारै आयोजित बेंसीसहरस्थित टोल–टोलका गुरुङ आमाबीचको हाजिरीजवाफ प्रतियोगितामा मनाङेचौतारा आमा समूह पहिलो भएका छन् । प्रगतिटोल आमा समूह दोस्रो, शान्तिटोल आमा समूह तेस्रो र तमु प्ये ल्हु संघको आमा समूह सान्त्वना भएको संघकी सचिव मनमाया गुरुङले बताइन् । गुरुङ समुदायमा भाषा र संस्कृतिप्रतिको घटदो प्रयोगले संकटमा परेको भन्दै यसलाई संरक्षण र सम्वद्र्धन गर्न कविता र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको प्ये ल्हु संघका अध्यक्ष गुरुङले बताए ।

प्रकाशित : पुस १५, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?