कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बान्तवा कविता 

दमक — तेह्रौं बान्तवा कविता प्रतियोगिता मोरङको उर्लाबारीमा सम्पन्न भएको छ । प्रतियोगितामा भोजपुरका बन्धना राई प्रथम भइन् । पाँचथरका इन्द्र मुकारुङ द्वितीय तथा भोजपुरकै विजय ग्वाले तृतीय भए । 

बान्तवा कविता 

बान्तावा भाषाको मासिक पत्रिका ‘बुङ्वाखा’ ले गरेको कविता प्रतियोगितामा १३ जना कवि सहभागी थिए । रचना पठाएका ३५ जनाबाट छनोटमा परेका उत्कृष्ट १३ जनाले प्रतियोगितामा कविता वाचन गरेका थिए । उर्लाबारीको किरात राई यायोक्खाखिममा भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: १० हजार, ६ हजार र ४ हजार रुपैयाँ पाए ।


कार्यक्रममा यस वर्षको बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कारबाट इलामका सानङा एवार्डलाई पुरस्कृत गरियो । उनलाई ताम्रापत्र र ३५ हजार रुपैयाँसहित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले पुरस्कृत गरे । त्यस्तै बुङ्वाखा–पञ्चकुमारी संगीत पुरस्कारबाट भोजपुरकी आभा मुकारुङ पुरस्कृत भइन् । उक्त पुरस्कारमा २० हजार रुपैयाँ थियो ।


६ हजार रुपैयाँको बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कारबाट सुनसरीका राजेन्द्र राई र ५ हजार रुपैयाँको बुङ्वाखा–धनेन्द्र बादिहाङ पुरस्कारबाट इलामका अलगबहादुर सोङमेन पुरस्कृत भए ।

प्रकाशित : पुस १५, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?