रुकुममा कांग्रेस कार्यकर्ताद्वारा माआवादी कार्यकर्ता माथि ढुंगा प्रहार
रुकुम — नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणमा परी रुकुममा ६ जना माओवादी कार्यकर्ता र १ जना कर्मचारी घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, रातामाटामा घरदैलो गर्ने क्रममा कांग्रेस कार्यकर्ताले आÏना कार्यकर्तामाथि आक्रमण गरेको नेकपा माओवादीले जनाएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ताको आक्रमणमा परी रुकुममा ६ जना माओवादी कार्यकर्ता र १ जना कर्मचारी घाइते भएका छन् ।
मुसीकोट नगरपालिका–२, रातामाटामा घरदैलो गर्ने क्रममा कांग्रेस कार्यकर्ताले आÏना कार्यकर्तामाथि आक्रमण गरेको नेकपा माओवादीले जनाएको छ । घरदैलो गरिरहेका बेला रेशम खड्का नेतृत्वको टोलीले माथिबाट ढुंगा प्रहार गरी कार्यकर्तालाई घाइते बनाएको नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नम्बर २ का अध्यक्ष उम्मेदवार नरबहादुर खड्काले बताए ।
घाइते हुनेमा मुसिकोट नगरपालिका–२, का सुवास खड्का, भोगबहादुर खड्का, रमेश खड्का, जीवन राज खड्का, डम्बर बिक, अनिल पुनमगर र दलवहादुर खड्का रहेका छन् । घाइते मध्ये रमेश खड्का नेकपा माओवादीका तर्फबाट २ नम्बर वडा सदस्यका उम्मेदवार पनि हुन् । घाइते भोगबहादुरले छिमेकीको बिहेबाट फर्कंदै गर्दा ढुङ्गाले लागेको बताएका छन् ।
कांग्रेसका तर्फबाट सोही वडा अध्यक्षका उम्मेदवार काँशिराम खड्काले भने पार्टीको निर्देशनमा आक्रमण नभएको बताए । घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा सोधपुछ गर्न प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
कांग्रेसका हिरामणि बस्यालसहित ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक थम्मनवहादुर रजालीले बताए । उनका अनुसार पक्राउ पर्नेमा ४ जना माओवादीका कार्यकर्ता रहेका छन् । घटनामा संलग्न भएका भनिएका रेशम खड्का लगायतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।