कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार निर्वाचित

आश गुरुङ

लमजुङ — मध्यनेपाल नगरपालिकामा कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे मेयरमा निर्वाचित भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ तह रहेको लमजुङमा उनी स्थानीय तहको पहिलो निर्वचित अध्यक्ष बने ।

मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार निर्वाचित

मंगलबार राति सम्पन्न मतगणनाको परिणामअनुसार प्रतिद्वन्द्वी माओवादी केन्द्र (माओवादी–एमाले गठबन्धन)का मोहनहरि पौडेललाई उनले १ हजार ४ सय २१ मतको फराकिलो अन्तरले हराए । तरुण दल लमजुङका अध्यक्ष समेत रहेका पाण्डेले ५ हजार ९  सय ६८ मत प्राप्त गरे । पौडेलले ४ हजार ५ सय ४७ मत प्राप्त गरेका थिए । उपमेयरमा एमाले (एमाले–माओवादी केन्द्र गठबन्धन)का राजकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सीता शाहीलाई उनले २ सय ३४ को मत अन्तरले हराए । विजयी श्रेष्ठले ५ हजार ५ सय ६६ मत पाएका थिए । शाहीले ५ हजर ३ सय ३२ मत पाएकी थिइन् । कूल मतदाता १५ हजार २ सय ६७ रहेकोमा १२ हजार २ सय ७४ मत खसेको मध्यनेपाल नगरपालिकाका निर्वाचन अधिकृत होतराज लम्सालले बताए ।

वडाहरुमा कांग्रेसका उम्मेदवारहरु मध्यनेपाल १ मा चन्द्रमणि पौडेल, २ मा पदमबहादुर थापा, ५ मा बालकुमार जोशी, ७ मा गगन घिमिरे र १० मा रामचन्द्र भण्डारी विजयी भएका छन् । एमालेका उम्मेदवारहरु वडा नं. ३ मा नेत्रबहादुर बस्नेत, ४ मा निर्मल गौतम, ८ मा अमृत तामाङ र ९ मा सूर्यबहादुर कुँवर विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार वडा नं. ६ मा विष्णुभक्त पौडेल विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?