कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माडी नगरपालिका मेयरमा माओवादी केन्द्र विजयी

भरतपुर — चितवनको माडी नगरपालिका मेयरमा माओबादी केन्द्रका ठाकुरप्रसाद ढकाल बिजयी भएका छन्  । उनले ३८७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका खेमप्रसाद महतोले ३८२९ मत ल्याए । ४४ मतको अन्तरले ढकाल विजयी भएको निर्वाचन अधिकृत ईन्द्रकुमारी थपलियाले जानकारी दिइन् ।  ।

माडी नगरपालिका मेयरमा माओवादी केन्द्र विजयी

उपमेयरमा एमालेका ताराकुमारी काजीमहतो विजयी भएकी छन् । उनले ४६९० मत ल्याइन् । उपमेयरमा माओवादी केन्द्रकी सरिता महतोले ३८०४ मत मत ल्याएइन् ।

मतगणनाको सुरुदेखि अग्रस्थानमा रहेको एमालेका मेयर उम्मेदवार नारदमणि पौडेल अन्तिम नजितासम्म आइपुग्दा तेश्रो स्थानमा झरेका थिए । पौडेलको जित निश्चित भएको अनुमान गरिएको थियो । ९ वटा वडा रहेको माडीमा एमालेले ३, ६, ७, ८ र ९ नम्बर वटा वडा जितेको छ । माओबादी केन्द्रले २ र ४ नम्बर वडामा जितेको छ । काग्रेसले १ नम्बर वडामा जितेको छ । यही वडाले एमाले पछि परेको हो ।

राप्रपाका पूर्व मन्त्री बिक्रम पाण्डेको निर्वाचन क्षेत्रमा उसको पार्टीले एक स्थान पनि ल्याउन सकेन ।
२०६२ साल जेठ २३ मा चितवन माडीस्थित बाँदरमुडेमा माओवादीले थापेको एम्बुसमा एक यात्रुबाहक बस परेपछि माडी उपत्यका एकाएक चर्चामा आएको थियो ।

स्थानीय तह निर्वाचनमा बाँदरमुढे घटनाले माओवादीलाई घाटा लाग्ने अन्य दलको अनुमान फेल खाएको छ । जितसँगै ढकालले जनताको जीत भएको प्रतिक्रिया दिए । २१६७२ मतदाता रहेको यो नगरपालिकामा १६३७१ मत खसेको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७४ ००:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?