कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखामा मतगणना सकियो : छ मा एमाले, दुईमा कांग्रेस विजयी

मेलुङको पवटीको निर्वाचन ७ गते

दोलखा — दोलखामा निर्वाचन सम्पन्न भएको सबै ठाउँमा मतगणना सकिँदा एमालेले दुई नगरसहित छ स्थान र कांग्रेसले दुई गाउँपालिकामा विजय हासिल गरेको छ ।

दोलखामा मतगणना सकियो : छ मा एमाले, दुईमा कांग्रेस विजयी


पछिल्लो परिणामअनुसार भीमेश्वर नगरपालिकाको मेयरमा एमालेका भरत केसी र उपमेयरमा एमालेकै कमला बस्नेतले विजय हासिल गरेका छन् । मेयर केसीले कांग्रेसका ईश्वरनारायण मानन्धरलाई करिब ११ सय मतले र उपमेयर बस्नेतले माओवादी केन्द्रकी कमला कार्कीलाई करिब दुई हजार मतले पछाडी पारेर विजयी भएका हुन् ।

भीमेश्वरको वडा नं. १ एमालेका वीरबहादुर थामीसहित प्यानल, २ मा कांग्रेसका विराज श्रेष्ठ अध्यक्षसहित एक खुला सदस्य, ३ मा कांग्रेसका अध्यक्ष हरिशरण शरण शिवाकोटी विजयी भएका छन् । त्यसैगरी एमालेले वडा नं. ४ हरिवंश चौलागाईं, ५ मा रामचन्द्र बस्नेत, ६ मा नवीन लामा, ७ मा कैलाश श्रेष्ठ, ८ मा नकुल केसी र ९ मा चित्र भुजेल अध्यक्ष रहेको प्यानलै विजयी भएका छन् ।

सम्पन्न मत गणनाअनुसार
जिरी नगरपालिका एमालेका टंक जिरेल र उपमेयरमा कृष्णकुमारी बुढाथोकी, गौरीशंकर गाउँपालिकामा प्रमुख स्वयम्‌बहादुर खड्का र उपप्रमुख उर्मिला थामी, कालिञ्चोकमा प्रमुख बिनकुमार थामी, उपप्रमुखमा कालिका पाठक शैलुङमा प्रमुख भरत दुलाल, उपप्रमुखमा लालमाया योञ्जन र तामाकोसी गाउँपालिकाका प्रमुखमा ईश्वरचन्द्र पोखरेल र उपप्रमुखमा उर्मिला केसी विजयी भएका छन् ।

गठबन्धन गरेर निर्वाचनमा गएकामध्ये कविगु गाउँपालिकाको प्रमुखमा कांग्रेसका युदृष्टी खड्का, उपप्रमुखमा माओवादी केन्द्रका सञ्जीव वाली र वैत्यश्वर गाउँपालिकामा कांग्रेसका छवि लामा र उपप्रमुखमा माओवादी केन्द्रका रविचन्द्र आचार्य विजयी भएका छन् । दोलखामा स्थगित रहेको मेलुङ गाउँपालिकास्थित पवटीको निर्वाचन जेष्ठ ७ गते तोकिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालय प्रमुख राजेन्द्र नेपालले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?