कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीको दुवै नगरपालिकामा एमालेको जित

राजकुमार कार्की

सिन्धुली — स्थानीय तहअन्तर्गत सिन्धुलीका दुईवटै नगरपालिका एमालेले हात पारेको छ । कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा मेयर, उपमेयरसहित बहुमत वडाध्यक्षसहित एमाले विजयी बनेको हो । दुधौली नगरपालिकामा माओवादी उमेदवारसँग झिनो मतान्तरले एमालेले मेयर जितेको छ । दुधौली नगरपालिका मेयरमा एमालेका घनश्याम राउत ८५८९ मत प्राप्त गरी शुक्रबार निर्वाचित भएका छन् ।

सिन्धुलीको दुवै नगरपालिकामा एमालेको जित

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश अधिकारी दनुवारले ८२२३ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा एमालेकै बालकुमारी अधिकारी दनुवारले ८७४० मत प्राप्त गरि विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चेतनारायण धामीले ८२१४ मत प्राप्त गरे । कमलामाई नगरपालिकामा एमालेका मेयर खड्गबहादुर खत्रीले  १११५२ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उपेन्द्र पोखरेलले ८३८८ मत प्राप्त गरेका छन् ।  त्यस्तै उपमेयरमा एमालेकै मन्जु देवकोटाले ९९२१ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सुशीला थिङले ९५२३ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?