कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

नुवाकोटको विदुरमा एमाले र ककनीमा माओवादी विजयी

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिकाको मेयर र उपमेयरमा एमालेले आफ्नो वर्चस्व कायम गरेको छ । एमालेका सन्जु पण्डितले ९ हजार ७ सय १६ मत र उपप्रमुखमा गीता दाहाल अर्यालले ९ हजार १ सय २४ मत ल्याई विजयी भएका हुन् ।

नुवाकोटको विदुरमा एमाले र ककनीमा माओवादी विजयी

शुक्रबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरु विजयी भएको घोषणा गरेको हो । मेयरमा पण्डितका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्रुव अधिकारीले ८ हजार ७ सय ४२ मत ल्याएका थिए भने उपमेयर पदमा कांग्रेसकी गीता अमात्यले ९ हजार १ सय २ मत ल्याई पराजित भएका छन् । 

माओवादी केन्द्रका मेयरका उम्मेदवार लीलानाथ न्यौपानेले ४ हजार ७ सय ५१ र उपमेयरमा शुभद्रा नेपालले ४ हजार ७ सय २० मत ल्याए । संविधानसभा दोस्रो चुनावमा कांग्रेसले साविकको तीनवटा क्षेत्र जितेको भए पनि नगरको प्रमुख पदमा एमाले उम्मेदवार विजयी भएको हो । 
विदुर नगरपालिकाको वडाहरु १, ४, ५, ६, ९, ११ वडाहरुमा एमालेले प्यानलै जितेको छ भने २ वडामा वडाध्यक्ष कांग्रेस र अरुमा एमालेले जित हात परेको छ । त्यसैगरी २, ३, ७, ८, १० र १३ मा वडाध्यमा कांग्रेसले जितेको छ । दुई वडामा वडाध्यक्ष मात्रै जितेको छ । 

यसै गरी, ककनी गाउँपालिकामा शुक्रबार बिहान सार्वजनिक भएको मत परिणाममा माओवादी केन्द्रले आफ्नो पहिलो खाता खोलेको छ । गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका मानबहादुर लामाले ४ हजार ५ सय ३४ मत र उपप्रमुखमा सीता लामाले ४ हजार १ सय ३३ मत ल्याई विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी क्रमश: कांग्रेसका दीपेश लामाले ३ हजार ५ सय ९१ मत र उपप्रमुखमा एमालेकी लजिता लामाले ३ हजार ६ सय ९७ मत ल्याएका थिए । कांग्रेस उपप्रमुख सरिता आचार्यले ३ हजार ४ सय ६७ मत र प्रमुखमा एमालेका जीतबहादुर बलामी ३ हजार ४ सय १ पाएका थिए ।
 
जिल्लाको पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाको मतगणना जारी छ । 

प्रकाशित : जेष्ठ ५, २०७४ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?