कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापको खाँडादेवी गाउँपालिकामा एमाले विजयी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिकाको प्रमुखमा एमालेका प्रेमबहादुर तामाङ निर्वाचित भएका छन् । उनले ४ हजार ८ सय ७० मत पाएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वेदराज लामाले ३ हजार २ सय ४४ मत प्राप्त गरेका थिए ।

रामेछापको खाँडादेवी गाउँपालिकामा एमाले विजयी

यसै गरी उपप्रमुखमा एमालेकै मखमली श्रेष्ठले विजय हासिल गरेकी छिन् । श्रेष्ठले ४ हजार ९ सय १६ मत पाएकी थिइन् । तामाङ एमालेका जिल्ला उपसभापति हुन् । लामो समयदेखि राजनीतिमा सम्लग्न रहेका तामाङ जनप्रतिनिधिको रुपमा चुनिएको यो पहिलो पटक हो । उपप्रमुख श्रेष्ठ भने काठमाडौं सम्पर्क मञ्चको राजनीतिमा सम्लग्न रहेकी थिइन् । उनी जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी समेत थिइन् । 

प्रकाशित : जेष्ठ ५, २०७४ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?