कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखा जिससमा एमालेको प्यानल

कान्तिपुर संवाददाता

दोलखा — दोलखा जिल्ला समन्वय समितिको मंगलबार भएको निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ ।
समन्वय समितिको प्रमुख पदका लागि एमालेका डबल पाण्डे १४ मत ल्याएर विजयी भएका हुन् ।

दोलखा जिससमा एमालेको प्यानल

दोलखा जिल्ला समन्वय समितिको मंगलबार भएको निर्वाचनमा एमालेको प्यानल विजयी भएको छ ।

समन्वय समितिको प्रमुख पदका लागि एमालेका डबल पाण्डे १४ मत ल्याएर विजयी भएका छन् । उक्त पदमा कांग्रेसका कुमार तामाङले ४ मत ल्याए । त्यसै गरी उपप्रमुखमा एमालेकी मनमाया जिरेल १४ मतले विजयी भइन् । प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिपेन्द्र बुढाथोकीले ३ मत ल्याएका छन् । निर्वाचनमा कांग्रेस—माओवादी केन्द्रको गठबन्धन थियो ।

निर्वाचनबाट एमालेको तर्फबाट उम्मेदवारी दिएर विजयी भएका समन्यव समितिका सदस्यहरु भीमेश्वर नगरपालिका-१ का मुरारीराज शिवाकोटी, भीनपा-९ का जीतबहादुर श्रेष्ठ, मेलुङ गाउँपालिकाका विदुर शर्मा, गौरीशंकर गापाका आइती तामाङ, बैत्यश्वेर गापाका कल्पना कार्की, तामाकोसी गापाका गीता पोखरेल र शैलुङ गापाका युवराज घतानी विजयी भए । विजयीहरुलाई मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले शपथग्रहण गराएका छन् ।

प्रकाशित : श्रावण २४, २०७४ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?