कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुस्ताङ समन्वय समितिमा एमालेकी छिरिङ छामो भोटे गुरुङ

विनोद त्रिपाठी

मुुस्ताङ — स्थानीय निकायको चुनाव अन्तर्गत भएको निर्वाचनमा मुस्ताङ जिल्ला समन्वय समितिमा एमालेकी छिरिङ छामो भोटे गुरुङ विजयी भएकी छिन् । समितिको उपाध्यक्षमा कांग्रेसका राजेन्द्र शेरचन विजयी भए ।

मुस्ताङ समन्वय समितिमा एमालेकी छिरिङ छामो भोटे गुरुङ

मंगलबार अबेर भएको निर्वाचन प्रक्रियामा यहाँका स्वतन्त्र उम्मेदवारहरुले एमालेलाइ समर्थन गरेपछि बढि भोट भएर पनि कांग्रेसले अध्यक्ष जित हासिल गर्न सकेन । 

दालोमे गाउँपालिकाका स्वतन्त्र उम्मेदवार राजु बिष्टले निर्वाचन अघिदेखि नै एमालेलाइ समर्थन गर्दे आएका थिए । तर, उनि कांग्रेसका बागी उम्मेदवार भएर स्वतन्त्र चुनाव लडेर गाउँपालिका अध्यक्षमा चुनिएका थिए । 

मंगलबार दिनभरि चुनाव गर्ने प्रयास गरेपनि एमालेले सजिलै चुनाव जित्ने भएपछि साँझ सहमतिमा समन्वय समिति छनौट गरिएको सहभागी सबै पार्टीका प्रतिनिधिहरुले जानकारी दिए । निर्वाचित सदस्यहरुमा एमालेबाट दुर्गादेवी रसाइली, बिष्णु नेपाली, कांग्रेसका संजय थकाली, शान्ति गुरुङ र राप्रपाकी कल्पना हिराचन रहेका छन् । 

मुस्ताङको-५ गाउँपालिका मध्ये कांग्रेसले ३, एमालेले १ र स्वतन्त्रले १ गाउँपालिकाको प्रमुख जितेका थिए । कांग्रेसकै स्वतन्त्र भनिएका बागी उम्मेदवारले कांग्रेसलाइ नै समर्थन नगरेपछि आफ्नो पकड हुँदाहुँदै पनि कांग्रेसले जिल्ला समन्वय समितिको अध्यक्ष गुमाएको छ । सहमतिको आधारमा पद बाँडफाँड गरेर एमालेलाई समितिको अध्यक्ष पद प्राप्त भएको हो । सहमतिबाट चुनाव हुनु पनि लोकतान्त्रिक अभ्यास भएकोले मतदान प्रक्रियामा जान नपरेको एमाले जिल्ला सचिब आसबहादुर थकालीले जानकारी दिए । 

सपथग्रहण समारोहपछि आयोजित कार्यक्रममा विजयी बनेकी समितिकी अध्यक्ष गुरुङले यो जित सबै पार्टीको भएकोले जिल्लाको विकासका लागि सबैसँग हातेमालो गर्ने बताइन् । 
पञ्चायतकालदेखि हालसम्मको मुस्ताङ जिविसको प्रमुख पदमा पुरुष निर्वाचित हुँदै आएकोमा महिला प्रमुखमा चुनिएको यो पहिलो हो । 

प्रकाशित : श्रावण २५, २०७४ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?