कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाेत्तरीमा स्थानीय तह निर्वाचनका सबै तयारी पुरा

रवीन्द्र उप्रेती

महोत्तरी — स्थानीय तह निर्वाचनको सबै तयारी पुरा भएको जलेश्वरस्थित मूख्य निर्वाचनको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जिल्लाका १० नगर र ५ गाउँपालिकामा सोमबार हुने निर्वाचनकालागि कर्मचारी व्यवस्थापनदेखि बन्दोवस्तिका सम्पूर्ण काम पुरा भएको जनाए ।

महाेत्तरीमा स्थानीय तह निर्वाचनका सबै तयारी पुरा

सबै निर्वाचनकर्मी खटाईएका ठाउँमा पुगिसकेका छन् । निर्वाचन अधिकृतले मतपत्र, मतदाता नामावली, मतपेटिका, सुरक्षणशील छाप, छेकवारलगाएतका निर्वाचन सामग्री पनि लगिसकेको उनले बताए ।
 
‘सबैजसो मतदान केन्द्रमा शुक्रबारदेखि नै सुर गरिएको मतदाता परिचय–पत्र वितरण पनि सकिएको छ,’ पोखरेलले भने, ‘बुथ बनाउने काम पनि सम्पन्न भईसकको जानकारी आएको छ ।’

जिल्ला निर्वाचन अधिकृत पिङ्की रायकाअनुसार जिल्लाभर मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य गरी २ हजार ५ सय कर्मचारी परिचालन गरिएको छ ।
 
जिल्लामा ४ सय १५ मतदान केन्द्र छन् । त्यसमध्ये जिल्लाको प्रमुख ३ नगरपालिका बर्दिवासमा ४८, जलेश्वरमा ४३ र गौशालामा ४१ मतदान केन्द्र छन् । यी तीन नगरपालिकामा ९६ हजार ५९ मतदाता छन् । यो संख्या जिल्लाको कूल मतदाताको एक तिहाई हो ।
 
जिल्लामा ७ सय २० पदका लागि हुने निर्वचनमा ४ हजारबढी प्रतिस्पर्धामा छन् ।
 
सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाईएको प्रहरी उपरीक्षक कुबेर कडायतले  बताए । उनकाअनुसार प्रहरी, सशस्त्र र सेनाले जिल्लाभर सुरक्षा प्रदान गरी रहेको छन् । गस्ति र सवारी चेकजाँच तिव्र पारिएको छ । 

 

प्रकाशित : आश्विन १, २०७४ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?