कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवनिर्वाचित जनप्रतिनिधिले सम्हाले कार्यभार

अवधेशकुमार झा

काठमाडौं — सप्तरीको विष्णुपुर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रवार पद तथा गोपनीयताबको सपथ लिदै कार्यभार सम्हालेका छन् । उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट लिलाम्बर यादव र जंजिरादेबी यादब बिहीवार विजयी एका थिए ।

नवनिर्वाचित जनप्रतिनिधिले सम्हाले कार्यभार

स्थानीय गाउँपालिका कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा गाउँपालिकाका निर्वाचन अधिकृत भरतमणी रिजालले अध्यक्ष र उपाध्यक्षसहित सबै जनप्रतिनिधिलाई सपथ गराए । सपथ कार्यक्रमपछि अध्यक्ष र उपाध्यक्ष सहित सबै जनप्रतिनिधिले शुक्रबारबाटै कार्यभार सम्हालेका छन् । सपथ कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले जनभावनाको कदर गर्दे काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनी साविकको ईटहरी बिष्णुपुर गाउँपालिकाका निर्वाचित अध्यक्ष भईसकेका छन् ।

साविकको ईटहरी बिष्णुपुर गाबिसको कार्यालयमा रहेको गाउँपालिकाको कार्यालयमा भौतिक पुर्वाधार र कोठा अभावमा एउटै कोठा भित्र अध्यक्ष र उपाध्यक्ष दुबैको कार्यकक्ष बनाईएको छ । ‘गाउँपालिकाको हरेक टोलबस्तीको बाटो सुधार र बिस्तार तथा २१ औं सताब्दी अनुकुलको समाज निर्माण मेरो प्राथमिकता हो’ कार्यभार सम्हालेपछि बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले भने, ‘जनताले पत्याएका छन् त्यसको प्रतिफल दिनुपर्छ ।’

यस्तै सप्तरीको बेल्ही चपेना गाउँपालिकाका नवनिर्वाचित जन प्रतिनिधिहरुले पनि शुक्रवार सपथ लिंदै कार्यभार सम्हालेका छन् । बेल्ही चपेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका क्रमश: परमानन्द यादव र पुष्पमालाकुमारी मण्डल बिहीवार विजयी घोषित भएका थिए ।

प्रकाशित : आश्विन ६, २०७४ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?