कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नामको पछाडि धाम

कान्तिपुर संवाददाता

जनकपुर — जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरणको निर्णय गरेको हो ।

मेयर लालकिशोर साहले जनकपुरको पहिचान धामको रूपमा रहँदै आएकाले यो पहिचान कायम राखिराख्न जनकपुरधाम नामकरण गर्न सम्बन्धित निकायमा पहल सुरु गरिएको बताए । ‘जनकपुर मैथिली भाषा, साहित्य, कला र संस्कृतिको उद्गम स्थल हो,’ उनले भने, ‘मिथिलाको पुरातन भाषा, साहित्य तथा पहिचान रक्षा गर्न हरसम्भव प्रयास गरिनेछ ।’

यसअघि महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा आयोजित समारोहमा मेयर साह, उपमेयर रीतादेवी मिश्रसहित २५ वडाका वडाध्यक्ष तथा अन्य सदस्यले मैथिली भाषामै शफथ लिएका थिए । मेयर साहसँग २०५४ देखि ०५९ सम्म जनकपुर उपमहानगरपालिकाको उपमेयरको रूपमा काम गरिसकेको अनुभव छ ।

प्रकाशित : आश्विन १०, २०७४ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?