कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीकापुर घटनाका पीडितसँग छलफल

टीकापुर — मधेस आन्दोलनका घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबार टीकापुरको स्थलगत निरीक्षण गरेको छ ।

आयोग अध्यक्ष गिरिशचन्द्रलाल कर्णसहितको टोलीले राजनीतिक दल, नागरिक समाजका अगुवा र पीडित पक्षसँग छलफल गरेको हो । ‘टीकापुरमा समुदायबीच एक–आपसमा विरोधी भावना नभएको देखियो,’ कर्णले भने, ‘थारू समुदायले राज्यसित अधिकार माग्ने क्रममा घटना भएको देखिन्छ ।’

फरक–फरक मागका कारण घटना भएकाले यहाँका दुई समुदायवीच केही दूरी बढे पनि त्यसको राजनीतिक रूपमै समाधान खोजिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : माघ २६, २०७३ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?