कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अश्लील सन्देश पठाउने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौं — महानगरीय अपराध महाशाखामा २१ वर्षीया उजुरी लिएर आइन् । अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइन् । महाशाखाले तुरुन्तै मोबाइल प्रयोगकर्ता सागर धिताललाई ललितपुरको ग्वार्कोबाट पक्राउ गर्‍यो ।

सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लगाएको बताए । त्यसपछि प्रहरीले अश्लील नाम दिएर खोलिएको फेसबुक अकाउन्टतिर अनुसन्धान थाल्यो । अनुसन्धानपछि खुल्यो उक्त अश्लील अकाउन्ट २ वर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीमा लेखापालको काम गर्ने सुरज बस्नेतले चलाएका रहेछन् । अनौठो त के भने, यौनधन्दाको सञ्जाल फैलाउनकै लागि बस्नेतले उक्त फेसबुक अकाउन्ट चलाएको देखिन्छ । 

जहाँ विभिन्न २३ युवतीका टेलिफोन नम्बर सार्वजनिक गरिएको छ । बस्नेतले नाम र फोन नम्बर सार्वजनिक गरेको उक्त फेसबुक अकाउन्टलाई यौन सम्बन्ध राख्न सकिने भन्दै सूचना दिन्थे । बस्नेत आफैं पनि कैयन युवतीसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरूलाई यौन सम्बन्धका लागि बाध्य बनाउने, धम्क्याउने गरेको अनुसन्धानले देखाउँछ । 

महाशाखाका डीएसपी पशुपति रायले फेसबुकमार्फत यौनधन्दाको सञ्जाल चलाउने यस्तो अभ्यास नौलो भएको बताए । उनले यस्तो प्रवृत्ति खतरनाक हुने बताउँदै अश्लील सामग्री राख्ने अन्य केही फेसबुक पेज र अकाउन्टबारे पनि अध्ययन गरिरहेको बताए । 

पक्राउ परेका बस्नेतले अमेरिकामा बस्दा यस्तो कार्य गैरकानुनी नभएकाले नै सोही अकाउन्ट चलाइरहेको बताए । प्रहरीले भने उनले यौन सञ्जाल बढाउँदै धेरैलाई फेसबुकमा समेटन त्यस्तो गरेको हुनसक्ने बतायो । प्रहरीले धिताललाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ भने बस्नेतालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाएको छ । 

प्रकाशित : फाल्गुन ५, २०७३ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?