कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरको वार्षिकोत्सवमा रक्तदान

कान्तिपुर संवाददाता

मोरङ — कान्तिपुर पब्लिकेसन्स प्रालिको २४औं वार्षिकोत्सवको अवसरमा पब्लिकेसन्सको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । पब्लिकेसन्सका ८ जना र आगन्तुक १० जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेमा ६ जना महिला र १२ जना पुरुष छन् ।

कान्तिपुरको वार्षिकोत्सवमा रक्तदान

 
पब्लिकेसन्सका अनुजलाल कर्ण, दामोदर कार्की, गंगाराम भण्डारी, रमेश नेपाल, विशाल कोइराला, सुवास भिमिरे, सन्दिप मण्डल र शान्ति बस्नेतले रक्तदान गरे । यस्तै, रक्तदान गर्ने अतिथिहरुमा पुनम चौधरी, नवनित कर्ण, सरिता कार्की थापा, यशोदा कार्की, अन्जन कोइराला, फणिन्द्र थापा, ऋचा दाहाल, मन्जु सापकोटा, दिपक बस्नेत र सुमन खड्काले छन् ।

तस्बिर: देवनारायण साह/कान्तिपुर

 

प्रकाशित : फाल्गुन ६, २०७३ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?