कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्लास्तरीय परीक्षा सुरु

ताप्लेजुङ — शिक्षा कार्यालयले गर्ने कक्षा ८ को जिल्लास्तरीय परीक्षा सुरु भएको छ । चैत ६ गतेबाट जिल्लाभरका सामुदायिक तथा निजी विद्यालयमा परीक्षा सुरु भएको हो ।

परीक्षाअघि नै जिल्लाभरका विद्यालयमा प्रश्नपत्र पुर्‍याएको विद्यालय निरीक्षक हेमबहादुर पालुङवाले बताए । स्रोत शिक्षकमार्फत केन्द्रबाट प्रश्नपत्र बाँडिएको थियो । ‘हामीले प्रश्नपत्र दिने हो, उत्तर पुस्तिका र जाँच्ने व्यवस्था विद्यालयले नै गर्नेछ,’ पालुङवाले भने, ‘लब्धांकपत्र प्राप्त भएपछि परीक्षा समितिले निर्णय गरेअनुसार परीक्षाफल प्रकाशित हुन्छ ।’ कति विषय अनुत्तीर्णलाई छोड्ने वा उत्तीर्णसम्बन्धी निर्णय त्यही समितिले गर्ने उनले बताए । सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको हुन्छ ।

परीक्षा दिउसो १ बजेदेखि सुरु हुन्छ । एसईई परीक्षालाई दृष्टिगत गरी जिल्लाभरिको समयतालिका एउटै बनाइएको हो । एसईईको परीक्षा ८ मा सुरु भएर ११ वजे सकिन्छ । कहिलेकाहीं थप समय लाग्न सक्ने भएकाले २ घण्टा ढिलो गरिएको कार्यालयले जनाएको छ ।

 

प्रकाशित : चैत्र ८, २०७३ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?