१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

रौतहटमा २ को मृत्यु

पवन यादव

रौतहट — जिल्लाको छुट्टाछुट्टै स्थानमा शुक्रवार भएको छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउपालिका १ पिप्राभगवानपुरका ३२ वर्षीय रामप्रवेश यादव र ईसनाथ गाउपालिका बस्ने बुलिम आलमकी अढाई वर्षीय छोरी रहेकी छन् ।

 

आफ्नै खेतमा विद्युतीय मोटरबाट खेतमा सिचाई गर्ने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए । करेन्टलागेर गम्भिर घाईते भएका यादवलाई उपचारको लागि गौर अस्पताल पुर्‍याईएको थियो । अस्पताल पुर्‍याईएका यादवलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

यस्तै आफ्नै घर आँगनमा खेल्ने क्रममा लडेर बालिकाको मृत्यु भएको स्थानीयले बताएका छन् । बालिकाको आफ्नै कारणले मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकाशित : वैशाख १, २०७४ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?