कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रारा पुगेका पर्यटकलाई बासकै समस्या

राजबहादुर शाही

मुगु — नयाँ वर्ष मनाउन नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ । रारा क्षेत्र वरपरका होटलहरु आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । रारा घुम्ने मौसम सुरु भएपछि नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकहरु रारामा ओइरो लागेको छ ।

रारा पुगेका पर्यटकलाई बासकै समस्या

नयाँ वर्ष मनाउन नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ ।


रारा क्षेत्र वरपरका होटलहरु आन्तरिक पर्यटकले खचाखच भरिएका छन् । रारा घुम्ने मौसम सुरु भएपछि नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकहरु रारामा ओइरो लागेको छ । काठमाडौं, ललितपुर, पोखरा, बुटवल, लुम्बिनी, भैरहवा, विराटनगरबाट आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन रारामा आएका छन् ।

कोही कर्णाली राजमार्गबाट गाडी, मोटरसाइकल चढेर रारा आउने गरेका छन् भने कोही हवाईमार्गबाट रारा घुम्न आएका छन् । आन्तरिक पर्यटक वृद्धिका कारण रारामा चहलपहल बढेको छ । नयाँ वर्ष मनाउन रारामा आन्तरिक पर्यटकको ओइरो लागेको रारा राष्ट्रिय निकुञ्ज अधिकृत लोकेन्द्र अधिकारीले जानकारी गराए ।

घुम्न आएका आन्तरिक पर्यटकहरु तालमा डुङ्गा चढेर घोडा चढेर रमाउने गरेका छन् । रारा ताल नजिकै रहेको डाँफे र भिलेज हेरिटेज रिर्सोट होटलमा आन्तरिक पर्यटक नअटाएपछि चौरमा टेन्ट राखेर बास बस्ने गरेका छन् । दैनिक डेढसय भन्दा बढी आन्तरिक पर्यटक रारा आउने गरेका छन् । रारा क्षेत्रमा पर्यटकलाई सुविधायुक्त होटल अभावले गर्दा घुम्न आएका आन्तरिक पर्यटकलाई बास बस्न खानपिनमा समस्या उत्पन्न भएको छ ।

अधिकांश आन्तरिक पर्यटकले प्याकेज ल्याएर रारा आउने गरेका छन् । सडक र हवाई सुविधा भएपछि रारामा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ ।

गत वैशाखदेखि अहिलेसम्म करिव १२ हजारभन्दा बढी आन्तरिक पर्यटकले रारा भ्रमण गरिसकेका छन् । रारामा आन्तरिक पर्यटक उल्लेखनीय वृद्धि भएपछि मुर्मा गाउँका स्थानीयवासीलाई आयआर्जनमा सहज भएको छ ।

मुर्मा गाउँका स्थानीयले तरकारी, सिमि, आलु मह बिक्री गरेर पैसा कमाउन थालेका र युवाहरुले आन्तरिक पर्यटकलाई घोडा चढाएर पैसा कमाउन थालेका छन् ।

प्रकाशित : वैशाख २, २०७४ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?