कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलेर एकको मृत्यु

मोरङ — कानेपोखरी गाउँपालिका २ मा बुधवार आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । स्थानीय २३ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको हो । ऋषिदेवले आफ्नो फुसको घरमा टुकी बालेर सुतेको अवस्थामा बिहान चार बजे आगलागी भएको प्रहरीले जनायो । आगलागीबाट उनको घरसमेत जलेको छ ।

यसैबीच, पूर्व-पश्चिम राजमार्गस्थित सिरहाको गोलबजार नगरपालिका ३ मा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको ना६ख ४९७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा बस चालक ३५ वर्षीय श्याम ढकालको मृत्यु भएको हो । ३३ जना यात्रु सवार रहेको बस अनियन्त्रित भएर सडकमा पल्टिएको पूर्व क्षेत्रीय प्रहरी रानी विराटनगरले जनायो । बसमा सवार ललितपुरको नक्खु १४ का ३२ वर्षीय सुरेश देवकोटा घाइते भएको र उनको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनायो ।

प्रकाशित : वैशाख ६, २०७४ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?