कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोजरमा आगजनी, करिव १० करोड रुपैयाँ बराबरको क्षति

प्रताप विष्ट

हेटौंडा — अज्ञात समूहले शिवम् सिमन्टको खानीमा प्रयोग गरिएको डोजरमा आगजनी गरेको छ । मकवानपुर गढी- ७ सुकौरामा रहेको खानीमा प्रयोग गरिएको ८ वटा डोजरमा समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिप्रकाका एसपी बसन्तकुमार लामाका अनुसार ८ वटा डोजर मध्ये ५ वटा जलेर ध्वस्त भएको छ भने बाँकी ३ वटामा क्षति पुगेको छ ।

प्रहरीले गएराति भएको आगजनी केकारणले र कसले गरेको भन्नेबारे अनुसन्धान सुरु गरेको लामाले बताए । उनक अनुसार करिव १० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । उक्त ठाउँ हेटौंडाबाट करिव डेढघण्टा पैदल दुरीमा रहेको छ ।

प्रकाशित : वैशाख २२, २०७४ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?