कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिनहुँ २० भन्दा बढी मोटरसाइकल कारबाहीमा

शिल्पा कर्ण

काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा अनधिकृत स्थानमा पार्किङ गरिएका २० भन्दा बढी मोटरसाइकल र स्कुटर चालक दिनहुँ कारबाहीमा पर्ने गरेका छन् । महिनामा लगभग ६ सय दुई पांग्रेमाथि कारबाही हुने गरेको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी पोस्ट रामशाहपथका सई राजेन्द्र देवकोटाका अनुसार आव ०७३/७४ को ९ महिना बित्दासम्म ५ हजार ६ सय ८ वटा मोटरसाइकल पक्राउ परेका छन् । कारबाहीमा परेका मोटरसाइकलबाटबाट ५५ लाख ६३ हजार राजस्व उठाइएको छ । साउनमा ८ सय २२ मोटरसाइकलमध्ये ७ सय ९१ बाट जरिवाना असुल गरिएको छ ।

भदौ र असोजमा क्रमश: ६ सय ३६ र ६ सय ४८ दुईपांग्रे नियन्त्रणमा लिइएको छ भने ६ सय ४८ र ५ सय २३ माथि कारबाही भएको छ । कात्तिक र मंसिर महिनामा ४ सय ८५ र ७ सय ६३ मोटरसाइकल नियन्त्रणमा लिई क्रमश: ४ लाख ७७ हजार र ७ लाख ४८ हजार राजस्व असुल गरिएको छ । पुसमा ५ सय ७७ मोटरसाइकल नियन्त्रणमा लिइएको छ भने ५ लाख ९३ हजार असुलउपर गरिएको महाशाखाले जनाएको छ । माघ र फागुनमा ६ सय ११ र ४ सय ९३ मोटरसाइकल पक्राउ गरिएको छ । जसबाट ६ लाख ३ हजार र ५ लाख ४ हजार जरिवाना लिइएको छ । चैतमा ७ सय ७ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । ६ सय ७६ कारवाहीमा परेका छन् । जसबाट ६ लाख ७६ हजार राजश्व असुल गरिएको छ । वैशाख १७ गत्तेसम्मको तथ्यांकअनुसार यो महिनामा ५ सय १ मोटरसाइकललाई नियन्त्रणमा लिइ ४ लाख ९८ हजार राजश्व उठाइएको छ । 

अनधिकृत पार्किङ गरिएको भेटिएमा महानगरको अनधिकृत पार्किङ नियन्त्रण सवारीले उठाएर ल्याउने गरेको छ । अनधिकृत पार्किङको घटनामा पक्राउ परेका सवारीधनीले एक हजार जरिवाना बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित : वैशाख २९, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?