कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँफिकोट र सानीभेरी १ मा माओवादी केन्द्र विजयी

हरि गौतम

रुकुम — बाँफिकोट गाउँपालिका–१, को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका हर्कु मल्ल विजयी भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्ति पार्टी नेपालको सयुंक्त प्यानलका कर्णबहादुर मल्ललाई ५० मतले पराजित गर्दै हर्कु विजयी भएका हुन् । ४ सय ४४ मत खसेकोमा उनको पक्षमा २ सय १८ मत आएको छ भने उनका प्रतिद्धन्दी सयुंक्त प्यानलका कर्णबहादुर मल्लले १ सय ६८ मत पाएका छन् । उक्त वडाको अन्य ३ सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेवदर विजयी बनेका छन् । दलित महिला सदस्यमा बुदी कामी, अन्य सदस्यमा काले कामी र बलबहादुर जैसीले चुनाव जितेका छन् ।

महिला सदस्यमा भने नेपाली कांग्रेसकी तुली गिरी यस अघि नै निर्विरोध निर्वाचित भएकी थिइन् । उक्त गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धर्मबहादुर केसीले २ सय १८, उपाध्यक्ष मनकला पुनले २ सय १४ मत पाएका छन् भने नेपाली कांग्रेस र एमाले गठबन्धनको तर्फबाट अध्यक्ष जनककुमार वाँठाले १ सय ६८ र उपाध्यक्ष व्यूझना पुनले २३ मत ल्याएका छन् । अहिले २ नम्वर वडाको मत गणना कार्य चलिरहेको छ । 

यसैगरी सानीभेरी गाउँपालिका–१, मा पनि नेकपा माओवादी केन्द्रको प्यानल विजयी बनेको छ । वडा अध्यक्षका उम्मेदवार टेकबहादुर पुन सहित अन्य ४ जना सदस्य पनि माओवादी केन्द्रले जितेको छ । ६ सय ७२ मत खसेकमा टेकबहादुर पुनले ४ सय २८ ल्याएका छन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका खलबहादुर पुनले १ सय ७२ मत पाएका छन् । 

आइतबार भएको ६ स्थानीय तहमध्य बाँफिकोट, त्रिवेणि गाउँपालिका र मुसीकोट नगरपालिकाको निर्वाचनको मत आइतबार रातीबाटै मत गणना भैरहेको छ भने अन्यमा आजबाट मत गणना सुरु गर्ने भएका छन् । चौरजहारी नगरपालिकाको विहानबाट सुरु भैसकेको छ भने त्रिवेणि गाउँपालिका र आठविसकोट नगरपालिकामा भने मत गणना गर्ने गरी  राजनीतिक दल छलफलमा जुटेका छन् । 

मुसीकोट नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसीले अग्रता कायम गरेका छन् । महेन्द्र केसीको ३ सय ९७ छ भने नेकपा माओवाद केन्द्रका देवीलाल गौतमको २ सय २७ र नेकपा एमालेका विमलकुमार पुनको पक्षमा ९६ मत खसेको छ । 

प्रकाशित : जेष्ठ १, २०७४ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?