कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगर घोषणामा दलहरूको स्वागत

मोरङ — राष्ट्रिय जनता पार्टी नगर समिति विराटनगरले स्थानीय तह वृद्धि र विराटनगरलाई महानगरपालिका घोषणको स्वागत गरेको छ ।

राष्ट्रिय जनता पार्टीले ब्याण्डबाजासहित निकालेको र्‍याली नगरपरिक्रमापछि कोणसभामा परिणत भएको थियो । सभामा पार्टीका मोरङ अध्यक्ष मो. कादिरले मधेस आन्दोलनका सहिदको रगतले घोषणा भएको महानगरपालिका र स्थानीय तह वृद्धिलाई सहिदको सम्मानस्वरुप स्वागत गरेको बताए ।

‘संविधान संशोधन नहुञ्जेल आफूहरू निर्वाचनमा जान सक्दैनौं,’ उनले भने, ‘आफूहरू मोरङमा निर्वाचनमा जान तयार रहे पनि सरकारले संविधान संशोधन नगरेर आफूहरूलाई निर्वाचनमा जानबाट रोक लगाउने षडयन्त्र गरेको छ ।’

उनले संविधान संशोधन नभएसम्म आफूहरूले यहाँ दोस्रो चरणको निर्वाचन सफल हुन नदिने प्रष्ट पारे । पोखरी युवा समाजले पनि र्‍याली प्रदर्शन गरेर महानगरपालिका घोषणाको स्वागत गरेको थियो । मओवादी केन्द्र मोरङले पनि पत्रकार सम्मेलन गरेर घोषणाको स्वागत गरेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७४ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?