कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडी जुध्दा दुईको मृत्यु

हेटौंडा — मकवानपुरको मनहरी गाउँपालिका ६, नयाँबस्तीमा बुधबार दुर्घटनामा १ भारतीय नागरिकसहित २ यात्रुको मृत्यु भएको छ ।

काठमाडौंबाट झापा गइरहेको ना५ख ६१२३ नम्बरको बस र हेटौंडाबाट भरतपुरतर्फ गइरहेको ना४ख ८३ नम्बरको ट्रिपर एक–आपसमा ठोक्किँदा बसका यात्रु भारतीय नागरिक ३० वर्षीय मोहम्मद साउद्दिन र संखुवासभाका २३ वर्षीय केशवबहादुर लायोकाको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ ।

कान्तिपुरको गाडी दुर्घटना
नेपालगन्ज– पत्रिका बोकेर नेपालगन्जबाट दाङ जाँदै गरेको कान्तिपुर पब्लिकेसन्सको भे१प १७८१ नम्बरको गाडी बाँकेको कुसुमनजिकै बुधबार दुर्घटनामा परेको छ । दुर्घटनामा चालकसहित दुईजना घाइते भएका छन् । घाइते हुनेमा गाडी चालक भवानी कँडेल र कर्मचारी गणेश थापा छन् । गाडी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा सडक पार गर्दै गरेको चितुवा जोगाउन खोज्दा दुर्घटनामा परेको हो ।

प्रकाशित : जेष्ठ १८, २०७४ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?