कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जेब्रा क्रसिङमा ठक्कर दिँदा एकको मृत्यु

छोटकरी

काठमाडौं — उपत्यकामा ट्राफिक प्रहरीले जेब्रा क्रसिङबाट बाटो नकाट्ने बटुवालाई धमाधम कारबाही गर्ने अभियान चलाइरहेका बेला बसले जेब्रा क्रसिङबाटै बाटो काटिरहेकी युवतीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ ।

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा ना४ख ४२६२ नम्बरको बसले सोमबार बिहान बसुन्धरामा ठक्कर दिँदा सुनसरी घर भई सुकेधारा बस्दै आएकी २३ वर्षीया रविना चौधरीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चक्रपथले जनाएको छ । प्रहरीले बस र चालक विनय तामाङलाई नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले एक सातादेखि जेब्रा क्रसिङ र आकासे पुलबाट बाटो नकाट्ने बटुवालाई २ सय रुपैयाँ जरिवाना गर्ने अभियान सुरु गरेको छ । बटुवालाई ट्राफिक अनुशासन कायम गराउन अभियान चलाइएको हो ।

वातावरण दिवसमा सफाइ
काठमाडौं (कास)– विश्व वातावरण दिवसका अवसरमा होटल अन्नपूर्णले सोमबार वाकाथन र दरबारमार्ग सफाइलगायत कार्यक्रम गरेको छ । होटलद्वारा जारी विज्ञप्तिअनुसार सफाइमा सबै कर्मचारी सहभागी भएका थिए । यस अवसरमा होटलले परोपकारी संस्था इकोसोप बैंकसँग सहकार्य गर्ने घोषणासमेत गरेको छ । यस संस्थाले होटलमा प्रयोग भइसकेका साबुनका टुक्रालाई पुन: प्रयोग गरी परोपकारी कार्यमा लगाउने गर्छ । त्यसैगरी होटलले आफ्ना कर्मचारीका सन्ततिबीच चित्रकला प्रतियोगिता आयोजना गरेको थियो ।

राष्ट्रिय फोटो पत्रकार समूहमा रत्नकृष्ण
भक्तपुर (कास)– राष्ट्रिय फोटो पत्रकार समूहको शाखा भक्तपुरमा विस्तार भएको छ । शाखाको भेलाले फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा रमेश गिरी, सचिवमा जयराम बास्तोला, सह–सचिवमा रामगोपाल तमखु, कोषाध्यक्षमा लक्ष्मी गारु तथा सदस्यमा विजय कोजू, सुन्दर शिल्पकार, सविना केसी र सरोज वादे चयन भएका छन् ।

प्रकाशित : जेष्ठ २३, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?