कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करोड ठग्ने पक्राउ

लमजुङ — काठमाडौंमा एक करोड रुपैयाँभन्दा बढी ठगेर फरार एक युवकलाई प्रहरीले लमजुङमा पक्रेको छ । सिन्धुली घर भएका विजय ढकाललाई शनिबार बेंसीसहरमा पक्राउ गरी काठमाडौं पठाइएको डीएसपी समीरचन्द्र खरेलले बताए । उनका अनुसार ढकाल २ महिनादेखि फरार थिए ।

चीनबाट फलफूल ल्याएर नेपालमा विक्री गर्दै आएका ढकालले सँगै व्यवसाय गर्ने साथीको रकम ठगी गरेको प्रहरीले जनाएको छ । करोड रुपैयाँभन्दा बढी रकम लिएर ढकाल फरार भएपछि साझेदार राजीव श्रेष्ठले अपराध महाशाखा काठमाडौंमा उजुरी दिएका थिए ।

ढकालले प्रयोग गर्ने मोबाइल नम्बरको लोकसेनका आधारमा लमजुङ आएको पत्ता लागेको प्रहरी स्रोतले बतायो । ढकालका पार्टनर श्रेष्ठ बेंसीसहर आएर सोधपुछ गरेपछि सेरास्थित एक होटलमा कोठा लिएर बसेको अवस्थामा फेला परेका हुन् ।

प्रकाशित : असार ४, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?